श्रृजनशील लघुवित्तले १५ भदौदेखि आईपीओ ल्याउने

काठमाडौं । श्रृजनशील लघुवित्तले १५ भदौदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो ।
यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्नेछ । यो १९ हजार ६९० कित्ता सामुहीक लगानी कोष र ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा १९ भदौसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा २९ भदौसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस ‘इस्यूअर रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आईपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।














सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार बन्ने
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको आंशिक प्रभाव: कस्तो रहला आजको मौसम ?
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
प्रतिक्रिया