शनिबार, वैशाख २६, २०८३

श्रम समस्या समाधान नगर्ने सञ्चार प्रतिष्ठानमा महासंघले आन्दोलन गर्ने

मेरोन्यूज २०७९ भदौ ७ गते १७:०१

काठमाडौं । नेपाल पत्रकार महासंघले श्रम् समस्या देखिएका प्रतिष्ठानलाई पटक पटक समस्या समाधान गर्न गरेको आग्रह अटेर गरेपछि शसक्त संर्घषको कार्यक्रम घोषणा गरेको छ । महासंघको प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित प्रर्वधन विभागको मंगलबार बसेको बैठकले समस्या देखिएका श्रम् प्रतिष्ठानलाई समस्या समाधान गर्न आग्रह सहितको एक अप्ते अल्टिमेटम दिएको छ ।

Advertisement
NiccNicc

त्यस अवधीमा समस्या समाधान नगर्न नचाहेमा धर्ना लगायतका कार्यक्रम गर्ने निर्णय गरेको महासंघका महासचिव रोसन पुरीले जारी गरेको विज्ञेप्तीमा उल्लेख छ ।

बैठक विभागका संयोजक रमेश विष्टको अध्यक्षता तथा महासंघका अध्यक्ष विपुल पोखरेल, महासचिव रोसन पुरीको विशेष उपस्थितिमा बसेको थियो ।

बैठकले विभिन्न सञ्चार प्रतिष्ठानमा देखिएका पछिल्लो श्रम समस्याको अवस्थाको बारेमा समीक्षा गरेको थियो ।

‘श्रम अधिकारका लागि महासंघमा प्राप्त उजुरी तथा निवेदनमाथि छलफल गर्दा महासंघले पटक–पटक देखिएका श्रम समस्या समाधानका लागि गरेको आग्रह जनता टेलिभिजन, नाइस टेलिभिजन, बोधी टेलिभिजन र इमेज टेलिभिजनलगायतका सञ्चार प्रतिष्ठानले अवज्ञा गरेकोले सम्बन्धित सञ्चार प्रतिष्ठानलाई एक हप्ताभित्र समस्या समाधान गर्न आग्रह गर्ने निर्णय गरेको छ,’ बैठकपछि महासंघले जारी गरेको विज्ञेप्तीमा भनिएको छ,–‘ त्यस अवधिसम्म पनि सम्वन्धित सञ्चार प्रतिष्ठानले समस्या समाधान नगरेमा भदौं १५, १६ र १७ गते चरणबद्ध धर्नालगायतका संर्घषका कार्यक्रम सम्बन्धित सञ्चार प्रतिष्ठानमा आयोजना गर्ने गरी ठोस कार्यक्रम तय गरेको छ ।’

कान्तिपुर टेलिभिजनले महासंघसँग गरेको सहमतिअनुसार त्यहाँ कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरेको र नागरिक दैनिकले कोभिड कालदेखि हालसम्म कटौती गर्दैै आइरहेको ३० प्रतिशत पारिश्रमिकसहितको नियमित पारिश्रमिकको सहमति कार्यान्वयन नगरेको पनि महासंघले जनाएको छ ।
‘सम्बन्धित यी दुई प्रतिष्ठानलाई दुई साताभित्र महासंघसँग गरेको सहमति कार्यान्वयनका लागि अल्टिमेटम दिने निर्णय भएको छ । त्यस अवधिसम्म पनि सहमति कार्यान्वयन नगरेमा महासंघ निर्णय कार्यान्वयनका लागि संर्घषको बाटोमा जाने निर्णय गरेको छ,’ महासंघको वक्तब्यमा छ ।

प्रतिक्रिया