कांग्रेस महामन्त्रीलाई आफ्नै पूर्व स्वकीय सचिवले पिरोलेपछि…

काठमाडौं । कांग्रेसका दुई महामन्त्रीमध्ये एक विश्वप्रकाश शर्मालाई आफ्नै पूर्व स्वकीय सचिवको पछिल्ला हर्कतले पिरोलेको छ । गृहजिल्ला झापाको राजनीतिमा उनको प्रसंसा गर्ने तर कांग्रेसकै अन्य नेताहरुको भने आलोचना गर्ने पूर्व स्वकीय सचिवको हर्कतले विश्वप्रकाशलाई सार्वजनिक रुपमा नै उनीसँगको सम्वन्धका बारेमा बोल्न बाध्य बनाएको छ ।
उसै त महामन्त्री शर्मालाई गृहजिल्लामा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको घेराबन्दी छ । सिटौलासँग शर्माको सम्वन्ध हार्दिकताको छैन । पार्टीभित्रै झापामा सिटौला र शर्माको आआफ्नो गुट नै छ । त्यसमाथि निर्वाचनको सम्मुखमा आफ्नै पूर्व स्वकीय सचिवले झापा कांग्रेसकै अर्का नेता केशवकुमार बुढाथोकीमाथि निरन्तर आक्रमण थालेपछि भने शर्माले पूर्व स्वकीय सचिव गत मंसिरयता आफ्नो कुनै निकटको जिम्मेवारीमै नरहेको प्रष्टिकरण सामाजिक सन्जालमार्फत नै दिन बाध्य भएका छन् ।
महामन्त्री शर्मालाई त्यसरी सामाजिक सन्जलमै प्रष्टिकरण दिन बाध्य पार्ने उनकै पूर्व स्वकीय सचिवको नाम हो – किरण खनाल । उनी गत मंसिरयता विश्वप्रकाश शर्माको सचिवालयमा छैनन । त्यस अगाडीसम्म उनी शर्माको सचिवालयमा कार्यरत थिए ।

उनले अहिले पूर्व सामान्यप्रशासन मन्त्री समेत रहेका नेता केशवकुमार वुढाथोकीविरुद्ध अभियान नै निरन्तर चलाउन थालेका छन् । त्यसको गुनासो महामन्त्री शर्मासँग भएपछि उनले सामाजिक सन्जालमै प्रष्टिकरण दिएका हुन् ।
कांग्रेस नेता केशवकुमार बुढाथोकीले झापाको क्षेत्र नम्बर २ बाट चुनाव लडने तयारी गरेपछि महामन्त्री शर्माका सचिवालयका पूर्व सदस्य खनालले उनको कमजोरीको खोजी खोजी आलोचना गर्न थालेपछि शर्माले प्रष्टिकरण दिन बाध्य भएका हुन् ।
खनालले भने मान्छे सेचत प्राणी हुने भएकोले नकारात्मक कुराको आलोचना गर्नु स्वभाकिव भएको र केशवकुमार बुढाथोकीको आलोचना आफुले सोही आधारमा गरेको मेरोन्यूजसँगको सम्पर्कमा गरेका छन् ।
खनालले महामन्त्री शर्माले स्टाटस राख्नु ५ घण्टाअगाडि मात्रै पनि केशवकुमार बुढाथोकीले ६ लाख होइन १० लाख रैछ, आवश्यक परे अर्थ मन्त्रालयले प्रमाण दिन्छ । लु मलाई फेरि गाली गर्नुस् भन्दै दुई वटा अनलाइनको समाचार लिंक सेयर गरेका थिए । त्यसपछि भने शर्माले बाध्य भएर स्टाटसमा प्रष्टिकरण दिनु परेको थियो ।
हेर्नुहोस विश्वप्रकाश शर्माको स्टाटस्


















रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
सामुदायिक भवनमा आगलागी हुँदा ३ करोड बढीको क्षति
निर्वाचन विरोधी गतिविधि गरेको भन्दै नेकपाका महासचिव कट्टेल पक्राउ
एमाले देश बिगार्ने पार्टी हाेइन : नेता पोखरेल
देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
प्रतिक्रिया