शुक्रबार, वैशाख २५, २०८३

प्रदीप गिरिको अन्तिम इच्छामा सरिताले त्यागिन सद्‍भावना पार्टी

मेरोन्यूज २०७९ भदौ ८ गते ११:४१

काठमाडौं । नेपाल सद्भावना पार्टीकी नेतृ सरिता गिरिले पार्टी परित्याग गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् बुधबार बिहान सद्भावना पार्टी परित्यागको घोषणा गरेकी हुन्। नेपाली कांग्रेसको स्वर्गिय नेता प्रदीप गिरिको अन्तिम इच्छाअनुसार आफूले सद्भावना पार्टी परित्याग समेत उनले बताएकी छिन् । नेतृ गिरी कांग्रेस नेता गिरिकी भाइबुहारी हुन्।

Advertisement
NiccNicc

‘म दिवंगत माननीय प्रदीपजीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेन्डालाई अगाडि बढाउनका लागि उहाँको अन्तिम इच्छाअनुसार आफू नेपाल सद्भावना पार्टीबाट स्वतन्त्र भएको घोषणा गर्दछु,’ नेतृ गिरीले लेखेकी छन्, ‘नेपाल सद्भावना पार्टीलाई मैरो सदैव सद्भावना रहने छ।’

उनले कठिन समयमा गरिएको यो अत्यन्त कठिन निर्णय भएको समेत लेखेकी छिन् । ‘म २०७४ सालदेखि निरन्तर सिरहा, लहानमा बसी काम गर्दै आएको छु र त्यही जनता बीच मेरो कर्मभूमि रहने छ,’ गिरीले भनेकी छन्, ‘म प्रष्ट गर्न चाहन्छु म विरासत वा उतराधिकारको राजनीतिमा विश्वास गर्दीन न त प्रदीप दाई गर्नु हुन्थ्यो। कर्मको राजनीति मेरो साध्य र साधन दुवै हुने छ।’

प्रतिक्रिया