साउन महिनामा कुन नाकाबाट कति सामान भित्रियो नेपाल ?

काठमाडौ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पहिना साउनमा विभिन्न नाकाबाट नेपालमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६५ हजार रुपैयाँको वस्तुहरु भित्रिएको छ ।
भन्सार विभागका अनुसार सो अवधिमा २६ नाकामध्ये वीरगन्जबाट नेपालमा सबैभन्दा बढी वस्तुहरु आएको छ । वीरगन्ज नाकाबाट साउनमा ४७ अर्ब ७९ करोड ७६ लाख २३ हजार रुपैयाँको वस्तुहरु नेपाल भित्रिएको छ ।
गत साउनमा भैरहवा नाकाबाट १८ अर्ब ६ करोड ९० लाख ३८ हजार रुपैयाँ, विराटनगर नाकाबाट १६ अर्ब ३५ करोड १३ लाख ५० हजार रुपैयाँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ अर्ब ७६ करोड ९० लाख ७७ हजार रुपैयाँ र नेपालगन्जबाट ५ अर्ब २२ करोड ७३ लाख ९० हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ ।
सोही समयमा मेची नाकाबाट ४ अर्ब ९ करोड ८ लाख ८२ हजार रुपैयाँ, रसुवागढीबाट २ अर्ब ४२ करोड ३८ लाख ४६ हजार रुपैयाँ, कैलालीबाट १ अर्ब ८७ करोड ३३ लाख ३० हजार रुपैयाँ, कृष्णनगरबाट १ अर्ब ७९ करोड ४३ लाख ४५ हजार रुपैयाँ, तातोपानीबाट १ अर्ब १८ करोड ३८ लाख ३१ हजार रुपैयाँ र जलेश्वरबाट ७० करोड ४४ हजार ४० हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको विभागले जनाएको छ ।
गत साउनमा नेपालमा सबैभन्दा कम वस्तु राजविराज नाकाबाट भित्रिएको छ । सो नाकाबाट उक्त अवधिमा २९ लाख १९ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।















आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
प्रतिक्रिया