आजबाट नेपाल इन्स्योरेन्सको साढे २१ लाख सेयर बिक्रीमा

काठमाडौं । आजबाट नेपाल इन्स्योरेन्स कम्पनीको साढे २१ लाख बढी कित्ता सेयर बिक्रीमा आएको छ । कम्पनीको संस्थापक समूहको २१ लाख ५७ हजार ६१५ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा आएको हो ।
लिलामी सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन् । लिलामीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३२५ रुपैयाँ तोकिएको छ ।
बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।
बोलपत्र धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाडौ नक्सालस्थित कार्यालय र ग्लोबल आइएमई बैंकका शाखाहरू बिर्तामोड, विराटनगर, जनकपुरधाम, वीरगन्ज, हेटौँडा, नारायणगढ, न्युरोड ९पोखरा०, बुटवल, बागलुङ बजार, नेपालगन्ज, वीरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ ।















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया