पेवेल नेपालको अध्यक्षमा तिमिल्सिना नियुक्त

काठमाडौँ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक पेवेल नेपालको सञ्चालक समितिको अध्यक्षमा भीमप्रसाद तिमिल्सिना नियुक्त भएका छन् । उनलाई सञ्चालक समितिले अध्यक्ष पदमा नियुक्त गरेको हो ।
नवनियुक्त अध्यक्ष तिमिल्सिनालाई मंगलबार नेपाल राष्ट्र बैंकको भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पद तथा गोपनियताको शपथ गराएका थिए ।
बैंकिङ तथा व्यवस्थापनको क्षेत्रमा दुई दशक लामो अनुभव सम्हालेहका तिमिल्सिना तत्कालीन अरनिको विकास बैंकको सञ्चालकको भूमिका निर्वाह गरेका थिए । उनी हाल चिलिमे जलविद्युत् कम्पनी र रसुवागढी जलविद्युत् कम्पनीको सञ्चालक र भेन्चर क्यापिटल प्रालिको कार्यकारी अध्यक्षका रुपमा रहेका छन् ।
सन् २०१९ मा स्थापना भएको पेवेल नेपालबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानी, फोहरको महसुल तिर्न सकिने छ । आन्तरिक हवाई टिकट, बसको टिकट, विभिन्न विद्यालय तथा कलेजको शुल्क भुक्तानी गर्न सकिने छ ।
विभिन्न क्षेत्रको बिल भुक्तानी गर्न, विभिन्न ठाउँबाट पठाएको पैसा प्राप्त गर्न तथा पठाउन, विभिन्न बैंक तथा वित्तीय संस्थामा रकम ट्रान्सफर गर्न, अनलाइनबाट खरिद गरिएको सामग्रीको भुक्तानी गर्न सकिने छ । पेवेल वालेटमा विभिन्न बैंक तथा वित्तीय संस्थाको मोबाइल एप, इन्टरनेट बैंकिङ तथा कनेक्ट आइपिएसबाट रकम राख्न सकिने छ ।
पेवेल नेपालमा विभिन्न बैंक तथा वित्तीय संस्था आबद्ध छन् । पेवेल वालेट गुगल प्लेस्टोर र एप्पलको एपस्टोरबाट डाउनलोड गर्न सकिने छ । यस कम्पनीले छिट्टै वालेटको परिमार्जित भर्सन निकाल्दै छ । जुन प्रयोगकर्ता मैत्री हुने कम्पनीले जनाएको छ ।















दराजले ल्यायाे ‘द रियल सेल’, ६० प्रतिशतसम्म छुटसँगै यस्ता छन् आकर्षक अफर
मध्य नाइजेरियामा बन्दुकधारीको आक्रमण, २० जनाको मृत्यु
रास्वपाले भन्यो – नयाँ सरकार बन्न १० दिनजति लाग्छ
महोत्तरीबाट १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा
मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया