आइतबार, वैशाख २७, २०८३

अल्फाबिटामा डोजर चलाएपछि बालेनले भने- ‘नक्सा देखाएँ, डोजर चलाएँ, मैले के बिराएँ’

मेरोन्यूज २०७९ भदौ ९ गते १६:४९

काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित अल्फाबिटा कम्लेक्समा डोजर चलाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूले केही नबिराएको बताएका छन् । अल्फाबिटा भवनले नक्सा विपरीत बनाएका संरचना भत्काएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो, मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ।’

Advertisement
NiccNicc

डोजर चलाउन निर्देशन दिएर अल्फाबिटाबाट हिँडेलगत्तै उनले एउटा स्टाटस पोस्ट गरेका हुन्। अल्फाबिटाका मालिकले भवनको नक्सा आफूसँगै मागेपछि अफिसमा गएर नक्सा र डोजर लिएर आएको उनको भनाइ छ ।

अब उप्रान्त यस्तो गर्नु नपरोस् भन्ने उनको कामना छ । सबैले आफैं बुझेर अवैधरूपमा बनाइएका संरचना हटाइदिन बालेनले आग्रह गरेका छन् । ‘नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइदिनुहोला,’ उनले भनेका छन् ।

प्रतिक्रिया