किन जादैछन् दुई आइजीपी अमेरिका र जापान ?

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल इन्टरपोल एक बैठकमा भाग लिन यही २९ तारिख अर्थात भदौ १३ गते अमेरिका जाने भएका छन् । एक साता अमेरिका रहने उनीहरुले त्यहाँ विभिन्न मुलुकका प्रहरी अधिकारीहरुलाई भेट्ने कार्यक्रम पनि रहेको छ ।
उनीहरु आइजीपी भएपछि पहिलो भ्रमण नै अमेरिका तय भएको हो । गृहमन्त्रालयले उनीहरुको भ्रमण आदेशलाई स्वीकृत गराइसकेको छ ।
दुई दिने बैठक सकिएपछि उनीहरु नेपाल फिर्ता हुनुपर्नेमा त्यतैबाट जापान पनि जाने स्रोतको दावी छ । स्रोतका अनुसार इन्टरपोलको बैठक सकिएपछि जापान भ्रमणमा जाने तय भएपनि त्यसलाई बाहिर ल्याइएको छैन । कोरोना संक्रमणका कारण रोकिएको विश्वभरका प्रहरी अधिकारीको सम्मेलनमा उनीहरु सहभागी हुनेछन् । सो सम्मेलनले आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुव्यवसनी सम्बन्धी विषयमा छलफल हुनेछ । सो कार्यक्रमपछि उनीहरु औपाचरिक, अनौपचारिक रुपमा जानेछन् । जापानको कार्यक्रम सकेर मात्रै स्वदेश फर्कने प्रहरी प्रधानकार्यालय स्रोतले जनाएको छ ।

















प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् : राष्ट्रपति पौडेल
आज प्रजातन्त्र दिवस, सार्वजनिक बिदा
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
देशमा पश्चिमी वायुको आंशिक प्रभाव: केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
प्रतिक्रिया