राहदानी विभागको भवन अवैधानिक, नक्सा पासको रेकर्ड भेटिएन
मेरोन्यूज
२०७९ भदौ १० गते १५:१०

काठमाडौँ । काठमाडौँ महानगरले राहदानी विभागले नक्सा पास नगरी भवन बनाएको जनाएको छ । विभागले गत वर्ष मात्रै यो भवन बनाएर सम्पन्न गरेको हो ।
महानगरको एक अधिकारीका अनुसार यस भवनको नक्सा पास नदेखिएको हो । विभागले यो भवन एक अर्ब पाँच करोड लागतमा बनाएको थियो ।
नक्सा पास नभएको भवनमा भूमिगत पार्किङसहित विभिन्न सेवा रहँदै आएको थियो । सोही बेसमेन्टलाई खाली गर्न पुगेको महानगरका मेयर बालेन साहसहितको टोलीले बेसमेन्टमा भएको सामान हटाएर खाली गराएको थियो ।
यता विभागले बेसमेन्टलाई सेवाग्राहीलाई राख्न नदिए कार्यालयबाट सेवा दिन नसकिने बताउँदै आएको छ । ‘हाम्रो रेकर्डमा विभागको भवनको नक्सा पासको रेकर्ड भेटिएन,’ महानगरका अधिकारीले भने ।
सम्बन्धित

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
खुल्यो तुम्लिङटार विमानस्थल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
प्रतिक्रिया