बिहीबार, फागुन ७, २०८२

बटुककृष्ण कार्की स्मृति पत्रकारिता पुरस्कार स्थापना

मेरोन्यूज २०७९ भदौ ११ गते ७:५३

काठमाडौँ । नेपाल प्रेस युनियन ललितपुर शाखाले यसका संस्थापक अध्यक्ष स्वर्गीय बटुककृष्ण कार्कीको स्मृतिमा ‘बटुककृष्ण कार्की स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कार्कीले पत्रकारिता क्षेत्र र युनियनमा पुर्‍याएको योगदानको कदर गर्दै प्रत्येक वर्ष ललितपुर जिल्ला कार्यक्षेत्र बनाएर काम गर्ने एक पत्रकारलाई पुरस्कृत गर्ने गरी सो पुरस्कार स्थापना गरिएको ललितपुर शाखाका अध्यक्ष केदारनाथ दाहालले बताए । उनले पुरस्कारको राशी २५ हजार र सम्मान पत्र हुने बताए ।

सो कार्यलाई निरन्तरता दिन ११ लाख ११ हजार १११ को अक्षयकोष स्थापना गर्ने जनाइएको छ । शाखा स्थापना हुँदाका संस्थापक अध्यक्ष कार्की निरन्तर तीन कार्यकाल शाखा सभापति रहेका थिए ।

प्रतिक्रिया