बिहीबार, फागुन ७, २०८२

श्रीलंकाका बालबालिका भोकमरीको उच्च जोखिममा

मेरोन्यूज २०७९ भदौ ११ गते ८:५५

काठमाडौँ । आर्थिक संकटका कारण श्रीलंकाका बालबालिका भोकमरीको चपेटामा पर्ने राष्ट्रसंघले चेतावनी दिएको छ । दक्षिण एसियाका अन्य देशहरूले पनि यस्तै नियति भोग्नु पर्ने राष्ट्रसंघले चेतावनी दिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

विदेशी सञ्चित मुद्राको आभावमा देशले अत्यावश्यक वस्तुको आपूर्ति हुन सकेको छैन । जसले खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक सामग्रीको अभाव छ ।

नियमित खाना छाड्ने परिवारले संकटलाई तीव्र रूपमा महसुस गरिरहेका संयुक्त राष्ट्र संघीय बाल निकाय युनिसेफका दक्षिण एशिया निर्देशक जर्ज लारिया एडजेईले जानकारी दिए ।

‘बालबालिका भोकभोकै बेडमा गएका छन्, उनीहरूको बाँकी खाना कहाँबाट आउँछ भन्नेमा अनिश्चित छन् । श्रीलंकाले अप्रिलमा आफ्नो ५१ अर्ब डलरको विदेशी ऋण चुक्ता गरेको छ । हाल श्रीलंका अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्तामा छ ।

प्रतिक्रिया