भोटाहिटी क्षेत्रका अवैध संरचना भत्काउन सुरु (फोटो फिचर)
मेरोन्यूज
२०७९ भदौ १२ गते १३:४७

काठमाडौं । काठमाडौं महानगरले भोटाहिटी क्षेत्रमा बनाइएका अवैध संरचना भत्काउन सुरु गरेको छ । आइतबार भोटाहिटी क्षेत्रमा बनेको सबवेसहितमा अवैध संरचना भत्काउन सुरु गरेको हो ।
महानगर प्रमुख बालेन्द्र साह (बालेन) को अग्रसरता र नेतृत्वमा काठमाडौं महानगर क्षेत्रमा बनेका अवैध संरचना भत्काउन थालिएको छ ।
अनुमति नलिई, नक्सा पासविपरीतलगायत अवैध संरचना भत्काउन महानगरको टोलीलाई डोजरसहित तयारी अवस्थामा राखिएको छ ।
हालसम्म बानेश्वरस्थित बानेश्वर कम्प्लेक्सका अवैध संरचना, काठमाडौं मलका अवैध संरचना, आरबी कम्प्लेक्सका १४ साना पसल र बानेश्वरस्थित अल्फाबिटामा निर्माण गरिएको अवैध संरचना भत्काइएको छ। यस्तै त्रिपुरेश्वरस्थित राहादानी विभागको अन्डरग्राउन्ड पनि महानगरले खाली गराएको छ। दरबारमार्गमा रहेका अवैध संरचना पनि तत्काल हटाउन महानगरले निर्देशन दिइसकेको छ।







सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया