हात्ती आएको सूचना दिने ‘साइरन’ मेसिन जडान
काठमाडौँ । पूर्वोत्तर झापाको बाहुनडाँगी बजारमा हात्ती आएको सूचना दिन ‘साइरन’ जडित मेसिन राखिएको छ ।
मेचीनगर ४ स्थित बाहुनडाँगी बजारमा राखिएको मेसिनको उद्घाटन मेची नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका हुन् । व्याट्री, प्यानल बक्स, तार जडित सो मेसिनले हात्ती प्रवेश गर्नासाथ सूचना दिने बताइएको छ ।
उज्यालो नेपालका पूर्वध्यक्ष एवं स्वयंसेवक रमेश थापाले सो साइरन मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीलाई सहयोग स्वरुप हस्तान्तरण गरेको हो । हात्ती आउँदा बजेको सो मेसिनको साइरनले बाहुनडाँगी बजार आसपास एक किलोमिटर क्षेत्रसम्म आवाज सुनिने बताइएको छ ।
साइरनमा मोबाइल एप्स जोडेर प्रत्येक व्यक्तिले हात्ती आएको जानकारी लिन सकिने बनाइएको छ । साइरनको सुरुक्षाका लागि सशस्त्र प्रहरी बल बाहुनडाँगीलाई जिम्मा दिइएको छ ।
“साइरन बजेपछि हात्ती आएको थाहा पाइन्छ”, उज्यालो नेपालका स्वयंसेवक थापाले भने, “त्यसपछि घरमै बस्दा पनि मानिसले ज्यान जोगाउन सक्छन् । हात्ती आउँदा हात्ती धपाउने होइन कि घरमा लुकेर बस्नु पर्छ ।’

















मुस्ताङमा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा
आईसीसी टी–२० विश्वकप: समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
९५५ केजी गाँजासहित दुई जना पक्राउ
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति
प्रतिक्रिया