मेयर पराजित भएकाहरूलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस

काठमाडौँ । सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा)ले धनुषाबाट उम्मेदवार टुंग्गो लगाएको छ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनका लागि पार्टीले उम्मेदवार टुंग्याएको हो ।
टुंग्गो लागेको उम्मेदवारमा जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा पराजित भएका लालकिशोर साह र बलराम महतोको नामसमेत रहेको छ । उनीहरूको नाम प्रतिनिधिसभाको उम्मेदवारमा सिफारिस गरेको हो ।
लालकिशोर जसपाबाटै जनकपुरधामको मेयरका उम्मेदवार बनेका थिए । महतोले स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार दिएका थिए ।
साहको नाम क्षेत्र नम्बर ३ बाट र महतोको नाम २ वा ४ नम्बरबाट सिफारिस भएको हो । क्षेत्र नम्बर १ बाट दीपक कार्की मात्र सिफारिस भएका छन् भने क्षेत्र नम्बर २ बाट महतोसँगै गजाधर यादव, सूर्यचन्द्र यादव, देबकृष्ण मण्डललगायतको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर ३ बाट साहसँगै जितेन्द्र यादव, विजय भगत र सर्वजीत ठाकुरको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ४ बाट महाजन यादवसँगै महतोको नाम पनि सिफारिस भएको छ ।

















एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
अमेरिकाद्वारा अन्तर्राष्ट्रिय ऊर्जा निकाय छोड्ने चेतावनी
नेपालका कठिन सडक भएका मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण
बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
प्रतिक्रिया