ओलीसँग चुनाव लड्न कांग्रेसका तीन नेताको दाबी, लिङ्देनले हराएका थिए ओलीलाई

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न नेपाली कांग्रेस तीन नेताले दाबी गरेका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका तीन जनाले दाबी गरेका हुन् ।
ओलीसँग चुनावी प्रतिस्पर्धा गर्न अघिल्लोपटक ओलीसँग पराजित खगेन्द्र अधिकारी, नेविसंघका पूर्व उपाध्यक्ष मेदनी सिटौला र विश्वदीप लिङ्देनले दाबी गरेका हुन् ।
गत निर्वाचनमा अधिकारीले प्राध्यापन पेशा छाडेर चुनावमा होमिएका थिए । यस्तै, सिटौला नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष हुन् । झापामा डा. शेखर कोइराला पक्षको नेतृत्व सिटौलाले गर्दै आएका छन् ।
यसैगरी, लिङ्देन महाधिवशेन प्रतिनिधि भएका थिए । ०७४ को निर्वाचनमा उनी माओवादी केन्द्र परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए । ०६४ सालमा लिङ्देनले माओवादीबाट ओलीलाई यस क्षेत्रमा हराएका थिए ।
०७४ सालको निर्वाचनमा ओलीले देशभरको सर्वाधिक मतान्तरले कांग्रेस उम्मेदवारलाई हराएका थिए । उनले ५७ हजार १३९ मत ल्याउँदा कांग्रेसका उम्मेदवार अधिकारीले २८ हजार २९७ मत ल्याएका थिए ।

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा
आईसीसी टी–२० विश्वकप: समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै
आज शुक्रबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
पश्चिमी न्यून चापीय प्रणालीकाे प्रभाव: हल्का वर्षा र हिमपातको सम्भावना
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
९५५ केजी गाँजासहित दुई जना पक्राउ
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
प्रतिक्रिया