एक किलोमिटरमा ७० पैसाले गुड्छ विद्युतीय गाडी, प्रयोग किन नगर्ने ?

काठमाडौँ । काठमाडौँदेखि महोत्तरीको बर्दीबाससम्मको कूल दूरी १९८ किलोमिटर छ । विपी राजमार्गको रुपमा स्थापित उक्त सडक मार्गमा चल्ने विद्युतीय सवारीले कुल तीन सय बराबरको बिजुली खपत गर्छ ।
सोही राजमार्ग भएर चल्ने पेट्रोलियम पदार्थ प्रयोग गर्ने सवारी साधनले चार हजार बराबरको इन्धन खपत गर्छ । यस आधारमा विद्युतीय सवारी साधनको प्रतिकिलोमिटर लागत ६६ पैसा बराबर छ । पेट्रोलियम पदार्थको तुलनामा विद्युतीय सवारीसाधनको लागत कुन हदसम्म सस्तो छ भन्ने बुझन् यही उदाहरण काफी छ ।
फुर्कोट, बर्दीबासलगायतका स्थानमा विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेशनसमेत बनिसकेका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार विद्युतीय कार चार्ज गर्दा औसतमा प्रतिकिलोमिटर ७० पैसा बराबरको खर्च लाग्छ । एसयूभी लागि ८० पैसा, माइक्रोबसका लागि ९० पैसा र ठूला बसले एक रुपैयाँ २० पैसा प्रतिकिलोमिटर बराबर खर्च लाग्छ ।
प्राधिकरणका अनुसार मझौला भोल्टेज ३३ केभी क्षमतामा साँझ ५ बजेदेखि राति ११ बजेसम्म चार्ज गर्दा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा खर्च लाग्छ । यस्तै राति ११ बजेदेखि बिहान ५ बजेसम्म चार्ज गर्दा चार रुपैयाँ ४५ पैसा खर्च लाग्छ । यस्तै, बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म चार्ज गर्दा छ रुपैयाँ ६० पैसा खर्च लाग्छ ।
यस्तै, मझौला भोल्टेज ११ केभी क्षमतामा क्षमतामा साँझ ५ बजेदेखि राति ११ बजेसम्म चार्ज गर्दा प्रतियुनिट आठ रुपैयाँ ६० पैसा, राति ११ बजेदेखि बिहान ५ बजेसम्म चार्ज गर्दा पाँच रुपैयाँ पाँच पैसा र बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म चार्ज गर्दा छ रुपैयाँ ७० पैसा खर्च लाग्छ । यस्तै तल्लो भोल्टेज दुई सय ३० देखि चार सय भोल्टमा पनि आठ रुपैयाँ ७० पैसादेखि छ रुपैयाँ ९० पैसासम्म खर्च लाग्छ ।
प्राधिकरणले सञ्चालनमा ल्यायो चार्जिङ स्टेशन
पछिल्लो समयमा विद्युतीय सवारी साधनप्रतिको चासो बढ्दै गएको र उपभोक्तासमेत त्यसमा आकर्षित भइरहेको बेला प्राधिकरणले चार्जिङ स्टेशन निर्माणलाई महत्वका साथ अगाडि बढाएको छ ।
सोही क्रममा आज मात्रै प्राधिकरण परिसर रत्नपार्कमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याइयो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चार्जिङ स्टेशनको उद्घाटन गरेकी हुन् ।
रुस र युक्रेनबीचको विवाद बढ्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासियो । त्यसको प्रत्यक्ष असर नेपाली अर्थतन्त्रमा समेत पर्न गयो ।
हाल नेपाल आयल निगमले बिक्री पर्ने पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ छ । यस आधारमा पेट्रोलियम सवारी साधनको प्रतिकिलोमिटर लागत २० रुपैयाँ बराबर पर्न जान्छ । तर विद्युतीय सवारीसाधनको प्रतिकिलोमिटर लागत पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनको तुलनामा असाध्यै न्यून छ ।

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा
आईसीसी टी–२० विश्वकप: समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै
आज शुक्रबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
पश्चिमी न्यून चापीय प्रणालीकाे प्रभाव: हल्का वर्षा र हिमपातको सम्भावना
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
९५५ केजी गाँजासहित दुई जना पक्राउ
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
प्रतिक्रिया