एमाले नेता महेश बस्नेतको चरित्र हत्या गरेको भन्दै कारबाही गर्न अनुरोध

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतमाथि अर्मयादित शैलीमा भ्रम फैलाएको भन्दै आरोपीलाई कारबाही गर्न माग गरेको छ ।
एमालेनिकट एक विद्युतीय संस्था ‘साइबर सर्कल’ले नेता बस्नेतको चरित्र हत्या गरेको भन्दै आरोपीलाई कारबाही गर्न माग गरेको हो ।
‘सामाजिक सञ्जाल फेसबुकमा एसपी रेग्मी र केशव थुलुङ भन्ने दुई वटा फेसबुक एकाउन्टबाट नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतको भिडियो भनि कपोल कल्पित राजनीतिक रुपमा समाजमा अफवाह फैल्याउने, दुस्सप्रचार गर्ने तथा एउटा राजनितिज्ञको चरित्र हत्या गर्ने काम भयको हुनाले त्यस्ता अमर्यादित र समाजलाई भ्रमित पार्नेलाई तुरुन्त पक्राउ गरी कानुन बमोजिम कारबाही गरिदिनुहुन बिनम्र अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।
नेता बस्नेतले काठमाडौँका मेयर बालेन साहले अवैधानिक संरचना भत्काएकाे विराेध गर्दै आएका थिए । उनले बानेश्वरस्थित अल्फाबिटाको अवैध संरचना भत्काएपछि मेयर साहमाथि खनिएका थिए ।
यसै क्रममा आज दिउँसो नेता बस्नेतमाथि हमला भन्दै एक पुरानो भिडियो सामाजिक सञ्जालमा पोष्ट भएको थियो ।


















कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
अमेरिकाद्वारा अन्तर्राष्ट्रिय ऊर्जा निकाय छोड्ने चेतावनी
नेपालका कठिन सडक भएका मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
प्रतिक्रिया