नयाँं दिल्लीको हस्तकला प्रदर्शनीमा सहभागिता जनाउँदै नेपाल

काठमाडौं। ३ देखि ६ सेप्टेमबर २०२२ मा भारतको नयाँ दिल्लीमा आयोजना हुने नवौं संस्करणको इक्जिम बजार(०२२ प्रदर्शनीमा नेपालले पनि सहभागिता जनाउने भएको छ ।
परम्परागत, समकालिनलगायत हस्त शिल्पकला, हस्तकलालगायत कला उत्पादनमा सम्लग्न उद्यमी व्यवसायी, कलाकार एवं कलाकर्मीहरूलाई प्रदर्शनी एवं बिक्री कार्यक्रमको माध्यमबाट वस्तु एवं बजार प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले सो प्रदर्शनी भारतको विभिन्न शहरमा हुँदै आइरहेको छ ।
यस पटक भारतको इण्डिया एक्जिम बैंकको आयोजनामा नयाँं दिल्लीमा हुन लागेको प्रदर्शनीमा नेपाल हस्तकला महासंघद्धारा मैनमूर्ति कलाकार मनोज शाक्य र फिलिग्री कलाकार सुरज शाक्य, काष्ठ कलाकार बज्रबहादुर शिल्पकार, रेशाजन्य बस्तु विधाका कलाकार तथा उद्यमी रमेश श्रेष्ठ र धातुमुर्ति कलाकार उदिप शाक्य गरी पाँच जनाले प्रतिनिधित्व गर्ने जनाइएको छ ।
हस्तकला बिधामा संलग्न उद्यमी, कलाकार, कालिगढहरूको सिप, दक्षता तथा कार्यकुशलता अभिवृद्धिका साथै एकअर्काको सिप, प्रविधि अनुभव आदानप्रदन गरी व्यवसाय प्रवर्द्धनका लागि महासंघबाट समयसापेक्ष पहल एवं आवश्यक क्रियाकलाप सञ्चालन हुँदै आएको छ । यस प्रदर्शनीको माध्यमबाट सहभागी कलाकारमा भारतको बजारमा आफ्ना कलाकृति, उत्पादनको प्रदर्शनी गरी व्यवसाय प्रवद्र्धन गर्न थप प्रोत्साहन मिल्ने अपेक्षा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले गरे ।
















अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउने मन्त्री चौधरीको प्रतिबद्धता
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया