नेपालले केन्यालाई दियो २३१ रनको लक्ष्य
मेरोन्यूज
२०७९ भदौ १८ गते १५:१९

काठमाडौँ । रोहितकुमार पौडेलको कप्तानीमा नेपालले केन्या २३१ रनको लक्ष्य दिएको छ । दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले ४९.२ ओभर खेल्दै २३० रन बनाएको हो ।
केन्याको नैरोवीस्थित जिमखाना मैदानमा भएको खेलमा नेपालले अलआउट हुँदै २३० रन बनाउन सकेको हो ।
यसअघि पौडेलकै कप्तानीमा नेपालले केन्यासित शुक्रबार पहिलो एक दिवसीय खेल खेलेको थियो । उक्त खेलमा नेपाल सात विकेटले विजयी भएको थियो । आजको खेलमा नेपालले जिते एक खेलअगाडि नै जित हात पार्ने छ ।
नेपालका लागि कप्तान पौडेलले सर्वाधिक ७८ रन बनाए । देव खनालले ३७, सोमपाल कामीले २६ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए ।
केन्याका नेहमिह ओडिएम्बो, शेम गोचे र भिराज पटेलले २-२ विकेट लिए ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया