चोरेको जहाज घन्टौं उडाउँदै दुर्घटनाको धम्की दिने पाइलट हिरासतमा

न्युयोर्क । अमेरिकाको उत्तरपूर्वी मिसिसिपीको टुपेलो सहरमा चोरेको जहाज घण्टौंसम्म आकाशमा घुमाएर जानीजानी दुर्घटना गराउन धम्की दिने पाइलटलाई हिरासतमा लिइएको छ । सहरको वालमार्ट स्टोरमा जानीजानी दुर्घटना गराउन धम्की दिने ती पाइलटले विमानलाई सुरक्षित रूपमा अवतरण गरेपछि हिरासतमा लिइएको गभर्नर टेट रिभ्सले जानकारी दिए ।
‘विमान अवतरण भएको छ । स्थिति समाधान भएको छ र कोही पनि घाइते भएका छैनन् । चरम सावधानीसाथ यो अवस्थालाई व्यवस्थापन गर्ने स्थानीय, राज्य र संघीय कानून प्रवर्तनलाई धेरै धेरै धन्यवाद ,’ गभर्नर रिभ्सले ट्वीट गरे ।
बिचक्राफ्ट किंग एयर ९० विमानलाई चालकले पाँच घण्टाभन्दा बढी समयसम्म उडाएका थिए, जसलाई प्रहरीले ‘खतरनाक अवस्था’ भनेर वर्णन गरेको थियो । प्रहरीले पाइलटको पहिचान वा उद्देश्यको बारेमा कुनै जानकारी दिएको छैन् ।
यसअघि टुपेलो प्रहरी विभागले सम्भावित दुर्घटनाको सावधानीबारे सचेत गराउँदै नागरिकहरूलाई उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको थियो । त्यस्तै सबै आपत्कालीन सेवालाई तयारी अवस्थामा राखिएको थियो ।
स्थानीय पत्रिका डेली जर्नलले उक्त विमानका पाइलट टुपेलो क्षेत्रीय विमानस्थलका कर्मचारी रहेको जनाएको छ । प्रहरीे घटनाबारे थप अनुसन्धान सुरु गरेको प्राप्त विवरणहरुमा जनाइएको छ ।
















आज बुद्ध जयन्ती (वैशाख शुक्ल पूर्णिमा) मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया