बुधबार, माघ ७, २०८२

मुस्ताङ उडेको समिटको जहाज ७ मिनेटमा पोखरा विमानस्थलमै अवतरण

मेरोन्यूज २०७९ भदौ १९ गते ९:२८

पोखरा । पोखरा विमानस्थलबाट ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा समस्या निम्तिएपछि आपतकालीन अवतरण गरिएको छ । १८ यात्रु लिएर मुस्ताङ उडेको जहाजमा इन्टिकेसनमा समस्या आएको भन्दै उडेको ७ मिनेटमै पोखरा विमानस्थलमा अवतरण गरिएको हो ।

‘इन्डिकेसनमा समस्या देखिएको भन्दै क्याम्टेनले सिंगल इन्जिनबाट ल्याण्ड गरेका छन्’ पोखरा विमानस्थलका सूचना अधिकारी देवराज चालिसेले , ‘समस्या के हो भन्ने कुरा इन्जिनियरहरुले चेकजाँच गरेपछि पत्ता लाग्ला ।’

सामान्य अवस्थामै जहाज अवतरण भएको सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया