मुल्य वृद्धिको विरोधमा मोदीविरुद्ध खनिए राहुल गान्धी

नयाँ दिल्ली । इन्धनको मूल्य बृद्धि र बढ्दो बेरोजगारीको विरोधमा भारतीय कंग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ । विपक्षी नेता राहुल गान्धीको नेतृत्वमा हजारौं भारतीयहरूले सरकारविरोधी प्रदर्शन गरेका हुन् । नेता राहुलले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले जनताका समस्याहरू सम्बोधन गर्न असफल भएको आरोप लगाए ।
गान्धीले मोदीले साना तथा मझौला उद्योग र गरिब किसान र मजदुरहरूको खर्चमा ठूला व्यापारिक समूहहरूलाई फाइदा पु¥याउने नीतिहरू अवलम्बन गरेको आरोप लगाए । बेरोजगारी र मूल्यवृद्धिबाट मानिसहरू प्रभावित भइरहेका उनले बताए ।
‘मोदीजीले कांग्रेसले ७० वर्षमा के ग¥यो भनेर प्रश्न गर्छन्’, राजधानी नयाँ दिल्लीको रामलीला मैदानमा सम्बोधन गर्दै उनले भने, ‘सत्तरी वर्षमा कांग्रेसले देशमा यस्तो मूल्यवृद्धि गरेको छैन ।’
उनले सत्तारुढ भारतीय जनता पार्टी ९भाजपा०को हिन्दू–मुस्लिम ध्रुवीकरणको नीतिको प्रसंग उठाउँदै सरकारले भय र घृणाको वातावरण सृजना गरेर देशलाई कमजोर बनाउँदै लगेको आरोप लगाए । उनले संगठन राष्ट्रिय स्वयंसेवक संघ ९आरएसएस०को पनि आलोचना गरे । राहुलले भने, ‘ हिन्दू सर्वोच्चतावादी संगठन राष्ट्रिय स्वयंसेवक संघ भाजपाको वैचारिक आदर्श हो ।’
आठ वर्षअघि मोदी सत्तामा आएदेखि पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र गहुँजस्ता अत्यावश्यक खाद्यवस्तुको मूल्य ४०–१७५ प्रतिशतले बढेको कांग्रेस नेताले बताए ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया