एमाले मुगुबाट बानियाँ सर्वसम्मत सिफारिस

काठमाडौँ । नेकपा एमालेले मुगुले पूर्वमन्त्री मोहन बानियाँलाई प्रतिनिधिसभा उम्मेदवारका लागि सर्वसम्मत नाम सिफारिस गरेको छ । जिल्ला कमिटी मुगुले बानियाँलाई सर्वसम्मत सिफारिस गरेको हो ।
आइतबार बसेको जिल्ला कमिटी बैठकले प्रतिनिधिसभामा बानियाँलाई सर्वसम्मत सिफारिस गरेको पार्टी सचिव डबल रोकायाले बताए ।
उनका अनुसार प्रतिनिधि सभाको दलित समानुपातिकमा दानसिहं परियार, आदिवासी जनजाति समानुपातिक सोनाम छिरिङ्ग लामा, पिछडिएको क्षेत्र समानुपातिक बलचन्द्र बिक, अपाङ्ग समाबेसी समानुपातिक रुपबहादुर बुढा, खस आर्य समानुपातिकतर्फ भीमचन्द्र हमाल, महिला समानुपातिक कर्णशिला मल्ल र आदिवासी जनजाति समानुपातिकमा थुनग्याप तामाङ्गलाई सिफारिस गरेको हो ।
यस्तै, कर्णाली प्रदेश सभा क अन्तर्गत प्रत्यक्षतर्फ तीन जना नाम सिफारिस गरेको छ । जितबहादुर मल्ल, पूर्णबहादुर रोकाया, कृष्णबहादुर सेजुवाल र खिउलि भामलाई प्रदेश सभाको लागि सिफारिस गरिएको छ ।
साथै, प्रदेशसभा (ख)अन्तर्गत प्रत्यक्षतर्फ उब्बजन बहादुर शाही, राजबहादुर कार्की (राजु) कर्णबहादुर मल्ल र मथुरा कार्कीको नाम सिफारिस भएको नेकपा एमाले मुगुले जनाएको छ ।

















यामाहा ब्लु स्ट्रिक्सको जर्सिङपौवा राइडमा ३५ जना राइडर सहभागी
नेप्से परिसूचकमा २७ अंकको गिरावट
चितवन–३ मा कस्तो छ चुनावी माहोल ?
छायाँनाथ रारा नगरपालिकामा श्रम बैंक
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
यस्तो छ रास्वपाको वाचापत्र (पूर्णपाठ)
प्रतिक्रिया