केन्यामाथि नेपाल ६ विकेटले विजयी, ३-० ले सिरिज कब्जा

काठमाडौँ । केन्याविरुद्धको तेस्रो एक दिवसीय क्रिकेटमा नेपाल ६ विकेटले विजयी भएको छ । केन्याले दिएको २५६ रनको लक्ष्य पछ्याएको नेपाल ४७.१ ओभर खेल्दै ४ विकेट गुमाएर विजयी भएको हो ।
एक दिवसीय क्रिकेटको तेस्रो खेलमा केन्याले पूरै ओभर खेल्दै ९ विकेट गुमाएर २५५ रन बनाएको थियो । केन्याका लागि कोलिन्स ओबुयाले सर्वाधिक ८४ रन बनाए । लुकास डन्डासन ५९ रनमा नट आउट रहे भने सुखदेव सिंह ३७ रनमा आउट भए ।
बलिङमा नेपालका सोमपाल कामी र आदिल अन्सारीले समान दुई-दुई विकेट लिए । बसिर अहमद र शाहब आलमले एक-एक विकेट लिए ।
नेपालको जितमा ब्याटिङतर्फ आसिफ शेखले ५६ रन बनाएर आउट भए । यस्तै, अर्जुुन साउदले ५८ रन बनाउँदा ज्ञानेन्द्र कार्की ३३ रन बनाए । चौथो विकेटका लागि रोहित पौडेल ४२ र बसि अहमदले ५२ रन बनाए ।
नौरोवीस्थित जिमखाना रंगशालामा भएको खेलमा नेपाल ३-० को जित निकाल्दै सिरिज हात पारेको हो । नेपालले रोहितकुमार पौडेलको कप्तानीमा सिरिजमा एक तर्फी कब्जा गरेको हो ।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया