केन्यामाथि नेपाल ६ विकेटले विजयी, ३-० ले सिरिज कब्जा

काठमाडौँ । केन्याविरुद्धको तेस्रो एक दिवसीय क्रिकेटमा नेपाल ६ विकेटले विजयी भएको छ । केन्याले दिएको २५६ रनको लक्ष्य पछ्याएको नेपाल ४७.१ ओभर खेल्दै ४ विकेट गुमाएर विजयी भएको हो ।
एक दिवसीय क्रिकेटको तेस्रो खेलमा केन्याले पूरै ओभर खेल्दै ९ विकेट गुमाएर २५५ रन बनाएको थियो । केन्याका लागि कोलिन्स ओबुयाले सर्वाधिक ८४ रन बनाए । लुकास डन्डासन ५९ रनमा नट आउट रहे भने सुखदेव सिंह ३७ रनमा आउट भए ।
बलिङमा नेपालका सोमपाल कामी र आदिल अन्सारीले समान दुई-दुई विकेट लिए । बसिर अहमद र शाहब आलमले एक-एक विकेट लिए ।
नेपालको जितमा ब्याटिङतर्फ आसिफ शेखले ५६ रन बनाएर आउट भए । यस्तै, अर्जुुन साउदले ५८ रन बनाउँदा ज्ञानेन्द्र कार्की ३३ रन बनाए । चौथो विकेटका लागि रोहित पौडेल ४२ र बसि अहमदले ५२ रन बनाए ।
नौरोवीस्थित जिमखाना रंगशालामा भएको खेलमा नेपाल ३-० को जित निकाल्दै सिरिज हात पारेको हो । नेपालले रोहितकुमार पौडेलको कप्तानीमा सिरिजमा एक तर्फी कब्जा गरेको हो ।
















उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
कमलादेवी पन्त कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया