बुधबार, चैत २५, २०८२

नेपाली समालोचनामा उत्तरवर्ती चिन्तनको प्रभाव विषयक विचार गोष्ठी सम्पन्न

मेरोन्यूज २०७९ भदौ २१ गते ९:२८


काठमाडौं । युवाकवि तथा प्रथम नेपाली समालोचक मोतीराम भट्टको १५७ औं जन्मजयन्तीको उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठान , साहित्य समालोचना र निबन्ध विभागद्वारा आयोजित नेपाली समालोचनामा उत्तरवर्ती चिन्तनको प्रभावू विषयक विचार – गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती , उपकुलपति डा जगमान गुरुङ , सदस्य ( सचिव तथा दर्शनशास्त्र विभाग प्रमुख प्रा। जगतप्रसाद उपाध्याय , गोष्ठीका कार्यक्रम संयोजक तथा प्रतिष्ठानका साहित्य (समालोचना र निबन्ध) विभाग प्रमुख प्रा. डा. गोपीन्द्र पौडेल , प्रवचनकर्ता त्रय प्रा. डा. लक्ष्मणप्रसाद गौतम , डा. रजनी ढकाल र डा. अम्बिका अर्याल , नेपाल प्रज्ञा( प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरू प्रा.दिनेशराज पन्त , प्रा. डा. योगेन्द्रप्रसाद यादव , प्रा। डा. हेमनाथ पौडेल , प्रा. डा. उषा ठाकुर , माया ठकुरी , लक्ष्मी माली , डा. देवी नेपाल , त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्रमुख प्रा. डा. कृष्णप्रसाद घिमिरे , प्रगतिशील लेखक सङ्घ , नेपालका अध्यक्ष डा. मधुसूदन गिरी लगायतको आतिथ्यता रहेको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

कार्यक्रममा प्राज्ञ हेमनाथ पौडेलले नेपाली समालोचना क्षेत्र व्यापक रहेको र हाल समालोचना खण्डखण्डमा विभाजित भएको धारणा राखे । पौडेलले भने ‘अबको समालोचना र त्यसको गन्तव्य कता होला रु नेपाली समालोचनाको अबको दिशा के हुने भन्ने मोटामोटी निचोडमा पुगौं भन्ने कार्यक्रमको उद्देश्य हो ।’

नेपाली समालोचनामा उत्तरवर्ती चिन्तनको प्रभावू विषयमा धारणा राख्दै लक्ष्मणप्रसाद गौतमले वि. सं. २०४८ साल नेपाली समालोचनाको मानक विन्दु रहेको बताए । गौतमले भने ‘समालोचना भनेको ज्ञानको निर्माण हो । समालोचकमा तेस्रो दृष्टि हुनु आवश्यक छ । ‘ उनले इन्द्रबहादुर राईले समालोचनामा ज्ञानको निर्माण गरेको बताउँदै हालका समालोचकहरूले त्यो दिशा पक्रन नसकेको बताए।

सहप्राध्यापक डा. रजनी ढकालले मोतीराम भट्टबाट सुरु भएको नेपाली समालोचना क्षेत्र १३० वर्ष पुगेको बताउँदै यस बीचमा नेपाली समालोचना क्षेत्रले धेरै फड्को मारेको बताइन् ।

प्रवचनकर्ता डा. अम्बिका अर्यालले उत्तरआधुनिकतावादको ऐतिहासिक पक्षको विवेचना गर्दै विदेशमा पुरानो भइसकेको उत्तरआधुनिकतावादलाई नेपाली समाजले भने नयाँ मानेर अपनाइरहेको बताइन् ।

विचार – गोष्ठीलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली समालोचना मोतीराम भट्टले श्रीगणेश गरेको बताउँदै देश , काल , परिस्थिति र घटनाक्रमले सिङ्गो समाज , साहित्य र समालोचना प्रभावित हुने बताए । कुलपति उप्रेतीले भने ( ूपश्चिमी दर्शनको स्रोत नै पूर्वीय दर्शन हो । हाम्रा समालोचनाहरू पूर्वीय दर्शनसँग जोडेर हेर्नुपर्छ । हामीले समालोचनाको नयाँ दृष्टिकोण निर्माण गर्नुपर्छ ।ू उहाँले दर्शन र दृष्टिकोणका क्षेत्रमा पूर्वीय समाजमा धेरै महत्त्वपूर्ण काम भएको बताउँदै हामीले त्यसको दायित्व लिन सक्नुपर्ने धारणा व्यक्त गरे ।

प्रज्ञा- प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले नेपाली मौलिकता , संस्कार र संस्कृतिलाई समालोचनामा जोड्नुपर्ने दिए ।

प्रतिक्रिया