शुक्रबार, मंसिर ५, २०८२

उज्यालो नेपाल पार्टी आयोगमा दर्ता

मेरोन्यूज २०८२ मंसिर ५ गते १८:५७

काठमाडौं । उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । शुक्रबार आयोगले दर्ताको प्रमाणपत्र प्रदान गरेकाे हाे ।

पार्टीको अध्यक्षमा अनुपकुमार उपाध्याय छन् । यो पार्टीको चुनाव चिह्न ‘बलेको चिम’ तोकिएको छ ।

पार्टीले छिट्टै घोषणा–सभाको आयोजना गर्ने जनाएको छ ।

प्रतिक्रिया