नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । बुधबार बजार परिसूचक नेप्से ११.९७ अंक (०.६१ प्रतिशत) ले गिरावट भएर १९३९.८८ अंकमा बन्द भएको छ । आइतबार सामान्य सुधार भएको नेप्से त्यसपछिको लगातार तीन दिनसम्म घटेको हो ।
नेप्सेसँगै म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट हुँदा कारोबार रकम पनि घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि अर्बबाट तल झरेको छ ।
यो सातामा बुधबार दोस्रो दिन कारोबार रकम १ अर्बबाट तल झरेको हो । आइतबार १ अर्ब ७ करोडको कारोबार भएको बजारमा सोमबार कारोबार रकम घटेर करिब ९१ करोडमा झरेको थियो । तर, मंगलबार पुनः बढेर १ अर्ब १९ करोड पुगे पनि बुधबार पुनः गिरावट भएको हो ।
बुधबार नेप्सेमा २९ लाख ४३ हजार ७२९ कित्ता सेयर किनबेच हुँदा ८२ करोड ६२ लाख ३० हजार ५८३ रुपैयाँको कारोबार भएको छ । जसमध्ये नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक ५ करोड १५ लाख ६० हजारको कारोबार हुँदा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ६१ लाख २९ हजारको कारोबार भएको छ ।
बुधबार बजारमा कुल १८८ कम्पनीको सेयर कारोबार भएकोमा १४७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ३१ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा १० कम्पनीको सेयर मूल्य स्थिर छ । बुधबार कारोबार भएकामध्ये सनराइज फर्स्ट म्युचुअल फण्डको इकाइ मूल्य ७.७२ प्रतिशतले वृद्धि हुँदा अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ६.३८ प्रतिशत र लक्ष्मी उन्नती कोषको इकाइ मूल्य ५.१० प्रतिशतले बढेको छ ।
यता प्राइम डिवेञ्चर २०८८ को मुल्य ५.८८ प्रतिशतले गिरावट हुँदा उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य ५.०९ प्रतिशत र हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य ४.४५ प्रतिशतले घटेको छ ।















आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
प्रतिक्रिया