डिजिटल कृषिबारे घाम पावर नेपालले कार्यशाला गोष्ठि गर्ने

काठमाडौं । घाम पावर नेपालले नेपालमा डिजिटल कृर्षिको अवस्थाका विषयमा कार्यशाला गोष्ठि आयोजना गर्न लागेको छ । आगामी भदौं ३१ मा डिजिटल कृषिमा काम गर्ने संघ संस्था एबंम् सरोकारवालाहरू एक दिनको कार्यशाला गोष्ठी आयोजना गर्न लागेको घाम पावर नेपालका मार्केटिंग म्यानेजर वन्दना शाक्यले जानकारी दिइन् ।
गोष्ठीको प्रमुख उद्देश्य भनेको डिजिटल कृषिमा काम गर्दै आउनुभएको सरोकारवालाहरू ( सरकारी अधिकारीहरु, निजी कृषि कम्पनीहरु, विश्वविद्यालयका प्राध्यापकहरू, अनुसन्धान विशेषज्ञ, कृषि तथा इन्जिनियरिङ् विद्यार्थीहरू र किसानहरू लाई एकै ठाँउमा राखेर नेपालमा डिजिटल कृषिको अवस्था, चुनौती र अवसरहरूको बारेमा छलफल गर्नु रहेको शाक्यले बताइन् ।
घाम पावर नेपाल सामाजिक उद्दम कम्पनी हो । ग्रामीण भेगमा जहाँ ग्रिडबाट बिजुली पुगेको छैन त्यहाँ यो सस्थाले सौर्य उर्जा मार्फत् उज्यालो छर्दै आइरहेको छ ।
सन् २०१५ मा तराईका ग्रामिण किसानहरूलाई भरपर्दो सिंचाइ प्रदान गरि उत्पादन र आम्दानी दोब्बर कसरी बढाउन सकिन्छ भनेर घाम पावरले वातावरण मैत्री सौर्य सिंचाइ प्रणालीमा काम गर्दै आइरहेको छ । सौर्य सिंचाइ प्रणाली सँगसँगै यो सस्थाले व्यक्तिगत कृषि सल्लाह र परामर्श पनि प्रदान गर्दै आइरहेको पनि शाक्यको भनाई छ ।















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया