मृत्युदण्ड पाएका नेपालीको सजाय फेरियो, १२ वर्ष जेल बस्नु पर्ने

काठमाडौँ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसयाका पुगेका एक जना नेपालीलाई दिइएको मृत्युदण्डको सजाय परिवर्तन भएको छ ।
मलेसियाको पुत्रजयस्थित पुनरावेदन अदालतले आज धनुषाको गोविन्दपुर २ का सुरज देव साह तेलीको मृत्युदण्डको सजाय परिवर्तन गरी १२ वर्ष जेल सजाय सुनाएको हो ।
मलेसियास्थित नेपाली दूतावासका अनुसार तेलीलाई कर्तव्य ज्यानको अभियोगमा सन् २०१६ डिसेम्बरमा मलेसियन प्रहरीले पक्राउ गरेको थियो । मुद्दामा इपो उच्च अदालतले सन् २०२० अगष्टमा उनलाई मलेसियाको फौजदारी संहिताको दफा ३०२ बमोजिम मृत्युदण्डको सजाय सुनाएको थियो ।
त्यसपछि तेली फैसला र मृत्युदण्ड सजाय सम्बन्धमा पुनरावेदनमा गएका थिए । पुत्रजयस्थित पुनरावेदन अदालतले आज तेलीको कसूरलाई मलेसियन फौजदारी संहिताको दफा ३०२ बाट दफा ३०४ (क)मा परिवर्तन गरी बाह्र वर्ष जेल सजाय कायम गरेको नेपाली दूतावासले जनाएको छ ।
‘सोही बमोजिम सुरज देव साह तेली बाँकी सजाय सकिएपश्चात नेपाल फर्कनुहुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ दूतावासद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।










छिटो राहदानी बनाइदिने भन्दै विचौलियाको काम गर्ने ८ जना पक्राउ
गोरखामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
जेनजी आन्दोलनका घाइतेलाई तत्काल १५ हजार दिने सरकारको निर्णय
पोखरालाई विराटनगरकाे विशाल लक्ष्य
हाजिरीमा सिमित छन् फिर्ता बोलाइका राजदूत
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
बढ्यो पेट्रोल र डिजेलको मूल्य
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया