नेपालमा कुन वर्ष कति रेमिट्यान्स भित्रियो ?

काठमाडौं । नेपालमा पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा जानेहरुबाट ८४.६६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार यो रेमिट्यान्स वैधानिक बाटोबाट नेपाल भित्रिएको मात्र हो ।
बितेको १४ वर्षमा नेपालमा सबैभन्दा बढी रेमिट्यान्स गत आर्थिक वर्ष २०७८र७९ मा भित्रिएको छ । सो वर्ष ९ खर्ब ८६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको विभागले जनाएको छ ।
विभागका अनुसार विभिन्न देशबाट आर्थिक वर्ष २०६५/0६६ मा २ खर्ब ९ अर्ब ७ करोड रुपैयाँ, २०६६/0६७ मा २ खर्ब ३१ करोड ७ करोड रुपैयाँ, २०६७/0६८ मा २ खर्ब ५३ अर्ब ६ करोड रुपैयाँ र २०६८/0६९ मा ३ खर्ब ५९ अर्ब ६ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।
यस्तै, आर्थिक वर्ष २०६९/0७० मा ४ खर्ब ३४ अर्ब ६ करोड रुपैयाँ, २०७०/0७१ मा ५ खर्ब ४३ अर्ब रुपैयाँ, २०७१/0७२ मा ६ खर्ब १७ अर्ब रुपैयाँ, २०७२/0७३ मा ६ खर्ब ६५ अर्ब रुपैयाँ, २०७३/0७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ र २०७४/0७५ मा ७ खर्ब ५५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको विभागले जनाएको छ ।
विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/0७६ मा ८ खर्ब ७९ अर्ब ३ करोड रुपैयाँ, २०७६/0७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ, २०७७/0७८ मा ९ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ र २०७८/0७९ मा ९ खर्ब ८६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको देखिन्छ ।
















प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
प्रतिनिधिसभा निर्वाचनः मनोनयनमा उत्साह
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रतिक्रिया