आइतबार, फागुन १०, २०८२

महारानी एलिजाबेथको निधनमा तीन दिन शोक मनाइने

मेरोन्यूज २०७९ भदौ २४ गते १९:१८

काठमाडौँ । नेपाल सरकारले बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले महारानी एलिजावेथको निधनमा नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना गरेको छ ।

महारानीको सम्मानमा भदौ २५ देखि २७ गतेसम्म शोक मनाउने भएको हो । उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली राजदूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

प्रतिक्रिया