वैदेशिक रोजगार सुरक्षित बनाउन गाउँगाउँमा सचेतना अभियान

भोजपुर। जिल्लाका अधिकांश परिवारको आर्थिक आम्दानीको मुख्य आधार वैदेशिक रोजगारी बन्दै आएको छ । वैदेशिक रोजगारबाट प्राप्त आयले यहाँका परिवारको दैनिकी सहज बने पनि आवश्यक जानकारी र सावधानी नअपनाउँदा कतिपय श्रमिक ठगी तथा शोषणमा पर्ने गरेका छन् ।
यही अवस्थालाई मध्यनजर गर्दै वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र शोषणरहित बनाउने उद्देश्यले वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जनस्तरसम्म सचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको छ । कार्यक्रममार्फत वैदेशिक रोजगारीसम्बन्धी जोखिम न्यूनीकरण र सुरक्षित आप्रवासनका विषयमा जानकारी दिँदै आएको हो ।
सामीका भोजपुर जिल्ला कार्यक्रम संयोजक कर्ण पुलामीमगरका अनुसार वैदेशिक रोजगारीलाई सुरक्षित र जोखिममुक्त बनाउन जनस्तरमा सचेतना फैलाउने कार्य प्रभावकारी बन्दै गएको छ । “वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन गाउँगाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उनले भने ।
कार्यक्रमअन्तर्गत आप्रवासी स्रोत केन्द्रमार्फत वैदेशिक रोजगारीसम्बन्धी परामर्श सेवा प्रदान गरिनुका साथै ठगीमा परेका व्यक्तिलाई निःशुल्क कानुनी सेवाका लागि सहजीकरण गरिँदै आएको छ । साथै वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग भएका वा मृत्यु भएका श्रमिकका परिवारलाई क्षतिपूर्ति प्राप्तिका लागि आवश्यक पहलसमेत गरिँदै आएको छ ।
त्यसैगरी विप्रेषणलाई आयमूलक क्षेत्रमा सदुपयोग गर्न वित्तीय साक्षरता कार्यक्रम, मनोसामाजिक परामर्श कक्षा तथा क्षमता अभिवृद्धिका गतिविधि सञ्चालन हुँदै आएको सामी भोजपुरले जनाएको छ ।

















फोर्थिङ ‘एक्सचेन्ज एण्ड अपग्रेड टु फ्राइडे ईभी’ अफर सार्वजनिक, ७ लाखसम्मको विशेष योजना
जिलीको अत्याधुनिक ‘सर्ट ब्लेड’ ब्याट्री अब नेपालमा, ईएक्स ५ मार्फत उपलब्ध
Chhayanath Rara Municipality approves Procedures on Labour Bank
मधेश बलियो भए मात्रै मुलुकमा संघीयता सुरक्षित रहन्छ : उपेन्द्र यादव
कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले भने – निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नू
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ
प्रतिक्रिया