बेलायती महारानीको निधनमा भारतले एक दिने राष्ट्रिय शोक मनाउने
मेरोन्यूज
२०७९ भदौ २५ गते ७:११

लन्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएकोमा भारतले एक दिने राष्ट्रिय शोक मनाउने भएको छ । सरकारले सरकारले आगामी सेप्टेम्बर ११ मा एक दिने राष्ट्रिय शोक मनाउने भएको हो । महारानीप्रति सम्मान व्यक्त गर्न सरकारले एक दिने राष्ट्रिय शोक मनाउने निर्णय गरेको भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सेप्टम्बर ११ मा भारतभर र विदेशस्थित भारतीय नियोगमा भारतीय झण्डा आधा झुकाइने विज्ञप्तिमा उल्लेख छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महारानीको निधनप्रति गहिरो शोक व्यक्त गरेका थिए ।
महारानीको निधनप्रति विश्वका नेताले शोक व्यक्त गरेका छन् । महारानी एलिजावेथ द्धितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो ।
सम्बन्धित










चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट
कस्तो छ आज देशभरको माैसम ?
समानुपातिक उम्मेदवार बन्न पाउने र नपाउने : यस्ता छन् मापदण्ड
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
आजको विदेशी मुद्राको विनिमयदर : डलर र युराे बढ्याे
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया