मुख्यमन्त्री शाहीलाई सिंजालीको प्रश्न : सिंजा र पर्वतीय विश्वविद्यालयसम्बन्धी विधेयकअगाडि किन बढेन ?

काठमाडौँ । जुम्ला भ्रमणमा रहेका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बुद्धिजिवी र सर्वसाधारणले ध्यानाकर्षण पत्र बुझाएका छन् । मुख्यमन्त्री शाहीलाई सिंजा र पर्वतीय विधेयकअगाडि बढाउन दबाब स्वरूप उनीहरूले ध्यानकर्षण पत्र दिएका हुन् ।
कर्णाली प्रदेश सरकारको सचिवालयमा दर्ता भएको पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक र सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक पारित गर्न उनीहरूको माग छ ।
ज्ञापनपत्रमा भनिएको छ, ‘ती विधेयक कर्णालीको अस्तित्वसँग जोडिएका विधेयक हुन् । ती विधेयक कर्णालीका दुई मुख्यमन्त्री हुँदा पनि पास गर्न किन कन्जुस्याई गरिरहेका छन् ?’
जुम्ला बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्रीसहितको टिमले होटल कान्जेरुवामा पुगेर शाहीलाई ध्यानाकर्षण गराएको हो । ज्ञापन पत्रमा आगामी ४ मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचन तथा वर्तमान प्रदेश सांसदको कार्यकाल समाप्त हुनुअगावै विधेयकअगाडि बढाइ पास गर्न नेतृत्वदायी भूमिका निर्वाह गरिदिन अनुरोध गरिएको छ ।
मुख्यमन्त्री शाहीले सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक आवश्यक नभएको बताए । उनले कर्णाली प्रज्ञा प्रतिष्ठान बनाइने भएकाले सबै त्यसैमा समेटिने बताए । उनले भने, ‘जुम्लाले सिंजा सभ्यता भनेर छुट्टै बनाएको खण्डमा सबै जिल्लाले आफ्नो सभ्यता खोज्दा समस्या थप बढ्ने छ ।’
कर्णाली सभामा दर्ता भएको पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक सरकारी विधेयक हो । यस्तै, सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक जुम्लाका सांसद नरेश भण्डारीले दर्ता गराएको विधेयक हो । यी दुवै विधेयक संसदमा स्थगित भएपछि अहिले अन्यौल बढेको छ ।

















यामाहा ब्लु स्ट्रिक्सको जर्सिङपौवा राइडमा ३५ जना राइडर सहभागी
नेप्से परिसूचकमा २७ अंकको गिरावट
चितवन–३ मा कस्तो छ चुनावी माहोल ?
छायाँनाथ रारा नगरपालिकामा श्रम बैंक
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ
प्रतिक्रिया