दुई करोड ५० लाख अफगान नागिरक गरिबीको रेखामुनि

काबुल । मानवीय मामिलासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायले अफगानिस्तानको गम्भीर अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अफगानिस्तानमा दुई करोड ५० लाख मानिस गरिबीको रेखामुनि रहेको औंल्याएको छ । अफगानिस्तानस्थिता संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (यूएनओसीएचए) र विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले बढ्दो खाद्य असुरक्षा र गरिबीप्रति चिन्ता व्यक्त गरेको अफगानिस्तानको स्थानीय सञ्चारमाध्यम टोलो न्यूजले जनाएको छ। उक्त संस्थाले अफगानिस्तानमा मानव अधिकारको अवस्था पनि निकै कमजोर बन्दै गइरहेको बताइएको छ।
अफगानिस्तानको ओसीएचएले ट्विटरमा भनेको छ, “अफगानिस्तानमा दुई करोड ५० लाख मानिस गरिबीको चपेटामा छन् । एक करोड ९० लाख मानिस खाद्य असुरक्षाको चपेटामा छन् । दुई करोड ५० लाख मानिस गरिबीमा बाँचिरहेका छन् ।”
त्यहाँका ५८ लाख मानिस लामो आन्तरिक विस्थापनमा रहेका र हजारौं घरबाढी र भूकम्पका कारण क्षतिग्रस्त भएका उसले जनाएको छ । जाडोमा बाँच्नका लागि उनीहरूलाई खाना, पोषण सहयोग, न्यानो लुगा र घामपानीमा ओत लाग्ने घर चाहिएको उसले उल्लेख गरेको छ ।
















राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउने मन्त्री चौधरीको प्रतिबद्धता
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश जारी
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया