मुलुकको आर्थिक सूचक चिन्ताजनक छ : अध्यक्ष गोल्छा

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचक चिन्ताजनक अवस्थामा रहेको दाबी गरेका छन् ।
आइतबार नेपाल उद्योग वाणिज्य महासंघसँग विज्ञापन आचार संहितासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले सूचक चिन्ताजनक अवस्थामा भएको दाबी गरेका हुन् ।
‘नेपालको अहिलेका आर्थिक स्थिति वा सूचकहरू चिन्ता लाग्दो अवस्थामा छ, विगतमा पनि अर्थतन्त्रको चुनौतीपूर्ण अवस्थाबाट गुज्रिएका थियौँ,’ उनले भने, ‘अहिलको अर्थतन्त्रमा देखिएको समस्याको समाधान दीर्घ कालीन मात्रै हुन सक्छ ।’
अध्यक्ष गोल्छाले नेपालको विज्ञापन बजारमा कोभिड-१९ को प्रभाव नपरेको भए २० अर्ब पुग्ने अवस्थामा रहेको बताए । उनले नेपालमा स्वदेशी विज्ञापन ६० प्रतिशत र विदेशी विज्ञापनको ४० प्रतिशत रहेको बताएका थिए ।
उनले कम्पनी रजिस्टारको कार्यालयमा २६ सय विज्ञापन एजेन्सी दर्ता भएको बताउँदै विज्ञापन व्यवसायले ३५ हजार युवालाई रोजगारी दिएको बताए ।















‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा
इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकरभिट्टामा विरोध प्रदर्शन
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
प्रतिक्रिया