नाडा इभी एक्स्पो २०२२ आयोजना हुँदै

काठमाडौँ । नाडा अटोमोबाइल्स् एशोशियसन अफ नेपालद्वारा यही असोज ६ देखि ९ गतेसम्म नेपालमा पहिलोपटक विद्युतीय सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा सम्बन्धी सरोकारवाला संघ संस्थाहरुको भव्य प्रदर्शनी “सिएटद्वारा प्रायोजित नाडा इभी एक्स्पो २०२२” आयोजना गरिने भएको छ ।
काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने उक्त एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रुपमा सहभागी भएको छ । यस्तै, यूएसआईडी क्लिन यअरले नलेज पार्टनरको रुपमा इभी चौतारी नामक तीन दिने सूचनामूलक गोष्ठीको सञ्चालन गर्ने भएको छ ।
एक्स्पोको शीर्ष प्रायोजक सिएट टायर रहेको छ । सह प्रायोजकमा शिखर इन्सुरेन्स् कम्पनी लिमिटेड तथा डिजिटल पेमेन्ट पार्टनरमा खल्ती डिजिटल पेमेन्ट रहेको छ । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ ।
प्रदर्शनीमा साना ठूला गरी ५१ वटा स्टल र ब्लकहरु रहने छन् । एक्स्पोमा सात वटा ब्राण्डका चार पाङग्रे, एउटा तीन पाङग्रे, १६ वटा ब्राण्डका दुई पाङग्रे, तीन वटा ब्राण्डका टायर, दुई वटा ब्राण्डका ब्याटरी, नौ वटा पार्ट पुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा चार वटा वित्तीय संस्थाहरुको सहभागिता रहेको छ ।
नेपाली महान चाड-पर्वहरुको पूर्वार्धमा आयोजना हुन गइरहेको यस एक्स्पोले नेपालमा विद्युतीय सवारी साधनबारे अत्याधिक जनचेतना अभिवृद्धि गर्न एवं सम्बिन्धित सम्पूर्ण अटो व्यवसायीहरुको समस्टिगत प्रवर्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्नेमा आयोजक विश्वस्त रहेको छ ।
एक्स्पोलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन वित्तीय सेवा, विक्रिपछिका सेवा एवं इन्सुरेन्सका छुट्टाछुट्टै स्टलहरु रहने छन् । एक्स्पोसम्बन्धी समाचार सम्प्रेषणमा सहजताकालागि छुट्टाछुट्टै एउटा साझा मिडिया स्टलको व्यवस्था गरिएको छ । चार दिनसम्म चल्ने उक्त नाडा इभी एक्स्पोमा लगभग ४० हजार आगन्तुकहरुले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ ।















इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकरभिट्टामा विरोध प्रदर्शन
नवलपरासी कारागारका १८० कैदी अझै फरार
म्याग्दीको रणवाङ–दरवाङ खण्डको सडक अलपत्र
लमजुङमा वृद्ध मृतावस्थामा फेला
माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया