युक्रेनमा कोभिड वृद्धि चरममा पुग्ने डब्लूएचओको अनुमान

न्युयोर्क । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले अक्टोबरमा युक्रेनमा कोभिड १९ मा वृद्धि चरम अवस्थामा पुग्ने र सम्भवतः अस्पतालहरूलाई उनीहरूको क्षमताको थ्रेसहोल्डको नजिक ल्याउने जनाएको छ ।
‘हामी अहिले युक्रेनमा कोभिड १९ संक्रमणका घटनामा वृद्धि देखिरहेका छौँ । अक्टोबरको सुरुमा संक्रमण शिखरमा पुग्न सक्छ र अस्पतालहरूले आफ्नो क्षमताको थ्रेसहोल्डमा पुग्न सक्ने हामीले प्रक्षेपण गर्छौं’, तेल अवीवमा डब्लूएचओको युरोपका लागि क्षेत्रीय समितिको सम्मेलनमा डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले भने ।
युक्रेनमा रुसी सेनाको अवरोधतर्फ संकेत गर्दै महानिर्देशक गेब्रेयससले भने, ‘अक्सिजनको अभाव हुने अनुमान गरिएको छ किनभने प्रमुख आपूर्ति स्रोतहरू देशको ओगटेको भागहरूमा छन् ।’
कोभिड १९ र गर्भावस्था, प्रसव, चोटपटक र आघातका जटिलताहरूबाट उत्पन्न हुने अन्य गम्भीर रोगहरू भएका बिरामीहरूका लागि अक्सिजन आवश्यक छ । एजेन्सी















धूम्रपान नियन्त्रणका लागि बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
प्रतिक्रिया