निर्वाचन सुरक्षामा खटिने प्रहरीलाई दैनिक १२ सय भत्ता, औषधी खरिद गर्न ५० लाख निकासा

काठमाडौं । सरकारले आसन्न संघीय र प्रदेश निर्वाचन सुरक्षामा खटिने प्रहरी कर्मचारीलाई दैनिक १२ सयको दरले भत्ता दिने निर्णय गरिएको छ । अर्थ मन्त्रालयले भत्ताका लागि आवश्यक रकम उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलाई सहमति दिएको हो । आफु कार्यरत रहेको स्थानमा निर्वाचन सुरक्षामा खटिने प्रहरीले ७ दिनको भत्ता पाउँछन् ।
कार्यरत स्थान भन्दा बाहिरको जिल्लामा खटिनेलाई दैनिक १२ सयको दरले १४ दिनको दैनिक भ्रमण भत्ता दिने निर्णय गरिएको एक प्रहरी अधिकारीले जानकारी दिए । आफु कार्यरत जिल्ला बाहिर खटिँदा १४ दिनको दैनिक भ्रमण भत्ता लिने सुरक्षाकर्मीले रासन बापतको रकम भने पाउँदैनन् । म्यादी प्रहरी र निर्वाचन खटिने सकल दर्जाले ४ दिन खाजा खर्च पाउँछन् । ४ दिनका लागि दैनिक ३ सयको दरले खाजा खर्च दिन अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई सहमति दिएको छ ।
निर्वाचनमा खटिने प्रहरीका लागि आवश्यक औषधी खरिद गर्न अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई ५० लाख निकासा दिएको छ । त्यस्तै औषधी खरिदका लागिड समेत ५० लाख निकासा भएको प्रहरी प्रधान कार्यालयका एक प्रहरी अधिकारीले जानकारी दिए ।
निर्वाचन अवधिमा १० दिनका लागि प्रहरीले १ हजार ५० वटा गाडी भाडामा लिने भएको छ । गाडी भाडामा लिन र प्रहरी कर्मचारी ओसारपसारका लागि बस रिजर्भ गर्न आवश्यक भाडा रकम अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निकासा दिन सहमति दिएको छ । निर्वाचनका लागि करिब ७५ हजार नेपाली सेना र ३२ हजार सशस्त्र, ६५ हजार नेपाल प्रहरी परिचालन गर्ने मन्त्रालयको तयारी छ । एक लाख १५ हजार म्यादी प्रहरी परिचालन गर्ने तयारी छ । म्यादी प्रहरी छनौटका लागि भदौ ३० देखि नै दरखास्त आह्वान गरिनेछ ।

















काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६००भन्दा बढी जनशक्ति
प्रतिक्रिया