महाअभियोग सिफारिस समितिको बैठक जारी

काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक जारी छ । बिहीवार दिउँसो ३ बजेदेखि सिंहदरबारमा शुरु भएको महाअभियोग सिफारिस समितिको बैठक साँझसम्म जारी छ ।
निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले बयानका क्रममा केही अधिवक्ताहरुलाई विभिन्न आरोप लगाएपछि नाम मुछिएका अधिवक्ताहरुलाई समितिले बोलाएको हो ।
समितिमा बयानका लागि अधिवक्ताहरु चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायत छन् ।
महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश जबराले नाम लिएका राजनीतिक दलका नेताहरु तथा न्यायाधीशहरुलाई समेत समितिमा बोलाउने सोच गरेको थियो ।
पछि राजनीतिक दलका नेताहरुलाई नबोलाउने तर न्यायाधीशहरुलाई बोलाउने भनिएपनि न्यायाधीशहरुले समितिमा नजाने निर्णय गरेसँगै अधिवक्ताहरु भने समितिमा गएका हुन् । समितिसँग बयानका क्रममा प्रधानन्यायाधीश जबराले अधिवक्ताहरुलाई आफूसँग पदको बार्गेनिङ गर्न आएको आरोप लगाएका थिए ।

















काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
प्रतिक्रिया