संविधानको रक्षा गर्न प्रतिबद्ध छौँ : मुख्यमन्त्री पाण्डे

बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुलुकमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्दै त्यसको पूर्ण पालना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ को अवसरमा प्रदेश सरकारले हेटौँडामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री पाण्डेले नेपाली जनताको त्याग, तपस्या र बलिदानीबाट २०७२ मा जारी संविधानले सङ्घीय संसद्मा दुई सदनात्मक व्यवस्था, प्रदेशमा एक सदनात्मक र स्थानीय तहमा प्रतिपक्षीरहित व्यवस्थाको स्थापना गरेको बताउनुभयो ।
उहाँले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालत तथा स्थानीय तहमा न्यायिक समिति निर्माण गरी न्यायमा सबै जनताको सर्वसुलभ पहुँच स्थापना भएको उहाँले जनाउनुभयो । संविधानले प्रदान गरेको अधिकार अझै स्थापित हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै संविधानलाई अक्षरशः कार्यान्वयनको चरणमा लैजान सके मुलुकमा विद्यमान अस्थिरता हटेर जाने उहाँको भनाइ छ ।
प्रदेश सरकारले सबै जातजाति, भाषाभाषी, वर्ण, लिङ्ग, पेसा, सम्प्रदायलाई समेटेर अघि बढ्ने गरी नीति निर्माण गरेको उहाँले बताउनुभयो । मकवानपुर, धादिङ र चितवनमा बसोबास रहेको सीमान्तकृत चेपाङका लागि विशेष क्षेत्र घोषणा गरिएको र भदौ २२ गते न्वागी पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरी सो समुदायको सम्मान गरिएको मुख्यमन्त्री पाण्डेले उल्लेख गर्नुभयो ।
संविधान दिवसका अवसरमा हेटौँडामा झाँकीसहितको ¥यालीले बजार परिक्रमा गरेको थियो भने कार्यक्रममा विभिन्न जातजाति वेषभूषा झल्कने नृत्य प्रस्तुत गरिएको थियो ।

















अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणमा ८० जना भन्दा बढीको मृत्यु
बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार
बाँकेमा ३३ जना उम्मेदवारले खोले बैंक खाता
धादिङ बस दुर्घटना अपडेटः मृत्यु हुनेमा तीन तनहुँका
दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
काठमाडौं – मुग्लिन सडकखण्ड अन्तर्गत फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
प्रतिक्रिया