प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौँ। नेपाली कांग्रेसका नेता एवम् प्रजातन्त्र सेनानी टेकबहादुर गुरुङको निधन भएको छ । प्रजातन्त्र सेनानी एवम् समाजसेवी गुरुङको १०० वर्षको उमेरमा गएराति निधन भएको हो ।
यहाँ नेपाल भूतपूर्व सैनिक सङ्घका केन्द्रीय अध्यक्ष गर्जबहादुर गुरुङ, नेपाल तरूण दलका पूर्वमहासचिव यमबहादुर गुरुङ, एनआरएनए युकेका सल्लाहकार एवम् लमजुङ समाज युकेका निवर्तमान अध्यक्ष दलबहादुर गुरुङ, लमजुङ जिल्ला नेपाली कांग्रेस दूधपोखरी गाउँपालिकाका उपसभापति गमबहादुर गुरुङका पिता हुन् ।
प्रजातन्त्र सेनानी एवम् समाजसेवी टेकबहादुरको निधनप्रति कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज शोक विज्ञप्ति जारी गरी गहिरो दुःख व्यक्त गरेका छन् ।
स्वर्गीय गुरुङले नेपालको लोकतान्त्रिक आन्दोलनमा र पार्टी सङ्गठनमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ । उनको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको जनाएको छ ।
उनको निधनप्रति कांग्रेस सभापति गगनकुमार थापाले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् । सभापति थापाले स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।
















काभ्रेपलाञ्चोकमा बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
सुदूरपश्चिममा ९ महिनामा १४ सय फरार कैदी पक्राउ
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्याउन सर्वोच्चको परमादेश
दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासंघ दृढ
वर्षापछि काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा सुधार
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया