आर्मेनिया अजरबैजान द्वन्द्वप्रति अमेरिकी चासो बढ्दो
यरेभान । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले आइतवार आर्मेनियामा अजरबैजानले गरेको ‘गैरकानूनी’ हमलाको निन्दा गरेकी छिन् । यसै साता सीमामा दुुई देशबीच भएको झडपमा दुुई सयभन्दा बढी मानिसको मृत्य ुभएको छ र दुुबै देशले आक्रमणको दोष एक अर्कालाई लगाएका छन् । पछिल्लो द्वन्द्व सन् २०२० पछिकै खराब बताइएको छ ।
‘अमेरिकी कांग्रेसको तर्फबाट हामी ती आक्रमणहरूको कडा निन्दा गर्छौं, जसले अति आवश्यक शान्ति सम्झौताको सम्भावनालाई खतरामा पारेको छ,’ पेलोसीले अर्मेनियाको राजधानी यरेभानमा सञ्चारकर्मीलाई भनिन् ।
‘अजरबैजानले आर्मेनियाली भूमिमा गरेको अवैध र घातक आक्रमणपछि सुरक्षामा ध्यान केन्द्रित भएको छ । हाम्रा लागि आर्मेनियाले विशेष महत्व राख्छ’, पेलोसीले भनिन् । उक्त हमला आर्मेनियाको सार्वभौमसत्तामाथि भएको अमेरिकाले ठहर गरेको छ । यसअघि युद्धविरामका लागि रुसले मध्यस्थता गर्ने प्रयास विफल भएको थियो ।
आक्रमणपछि अमेरिकी विदेशमन्त्रीले आर्मेनियाका राष्ट्रपतिसँग टेलिफोन वार्ता गरेका थिए । एजेन्सी
















परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
चितवन अटो शो मा फोटोन नेपालको विशेष कमर्शियल मोबिलिटी अफर
सन नेपाल लाइफको सहकार्यमा छैटौँ इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुँदै
Unorganized settlers being evacuated from Balkhu and Banshighat areas
श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा कामको घोषणा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया