खल्ती मा राष्ट्रिय वाणिज्य बैंक खाता लिंक गर्नुहोस् ; रु. १०० बोनस साथै स्मार्टफोन जित्नुहोस्

काठमाडौं । खल्तीले राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा लिङ्क गरि पहिलो भुक्तानी गर्ने प्रयोगकर्ताहरूलाई रु.१०० बोनस अफर ल्याएको छ । साथै, यस अफर अवधिमा एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौका पनि रहेको छ ।
यो बोनस अफर,राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा पहिलो पटक लिङ्क गरि पहिलो भुक्तानी गर्ने कुनै पनि प्रयोगकर्ताका लागि लागू हुनेछ । साथै यस अफरमा सहभागी भएका मध्ये एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्नेछन् । यो अफर असोझ ३१ सम्म लागू हुनेछ । खल्ती मा बैंक लिङ्क गर्न भने प्रयोगकर्ताले आफ्नो केवाईसी (KYC) प्रमाणित गरेको हुनुपर्नेछ।
यस बाहेक आफ्नो बैंक खाता लिङ्क गर्ने प्रयोगकर्ताहरूले खल्ती प्रयोग गरी केही ट्यापहरू मार्फत उपलब्ध इन्टरनेट, फ्लाइट, पानी, बिजुली र सरकारी राजस्व जस्ता बिलहरूको प्रत्यक्ष भुक्तानी गर्न सक्छन ।
अफरको बारेमा ’खल्ती’ डिजिटल वालेटका प्रमुख कार्यकारी निर्देशक बिनय खड्काले भने “यस अफर मार्फत हामी प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी गर्ने बानी बसाल्न प्रोत्साहित गर्न चाहन्छौं। उपभोक्ताहरूले अब पैसा पुनः लोड गर्ने समस्याको सामना गर्नुपर्दैन । खल्ती क धेरै प्रयोगकर्ताहरुले यो सेवा मन पराउँछन् किनभने यसले उनीहरूलाई एक लिङ्क गरिएको बैंकबाट अर्कोमा सेकेन्डमा पैसा पठाउन सहज गर्दछ।”
खल्तीले नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित गरेको छ । करिब ६ वर्षको अवधिमा खल्ती डिजिटल वालेटको ६० हजार+ एजेन्ट नेटवर्कको साथमा देशभर २३ लाखभन्दा बढी प्रयोगकर्ताहरू छन्। यस मार्फत् प्रयोगकर्ताले बिलहरू भुक्तानी, मोबाइल र टिभी रिचार्ज, उडान र चलचित्र टिकट बुकिङ, बीमा प्रिमियम, अनलाइन सपिङ साइटहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य धेरै सेवाहरूको डिजिटल भुक्तानी गर्न सक्नेछन्। साथै, खल्तीले प्रदान गर्ने भुक्तानी सेवाहरूले पनि धेरै साना तथा ठूला व्यवसायहरूलाई आफ्नो बिक्री अनलाइन स्थानान्तरण गर्न प्रोत्साहित गरेको छ ।
खल्ती www.khalti.com/app बाट डाउनलोड गर्न सकिन्छ ।

















अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणमा ८० जना भन्दा बढीको मृत्यु
बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार
बाँकेमा ३३ जना उम्मेदवारले खोले बैंक खाता
धादिङ बस दुर्घटना अपडेटः मृत्यु हुनेमा तीन तनहुँका
दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
काठमाडौं – मुग्लिन सडकखण्ड अन्तर्गत फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
प्रतिक्रिया