निःशुल्क ई–सिम वितरण गर्दै नेपाल टेलिकम

काठमाडौं नेपाल टेलिकमले हाल दूरसञ्चार कार्यालय सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ग्राहकहरुलाई निःशुल्क ई–सिम (e-SIM : embedded SIM) वितरण गरिरहेको छ । कम्पनीले पर्याप्त मात्रामा आन्तरिक परीक्षण र प्रयोगबाट सफल भएपछि ग्राहकहरुमाझ प्रबद्र्धनात्मक परीक्षणको रुपमा वितरण भइरहेको ई–सिमको लागि कम्पनीसँग यथेष्ट संख्या मौज्दात रहेको जानकारी दिएको छ ।
ग्राहकहरुको अत्यधिक रुचि र मागलाई मध्यनजर गर्दै ग्राहकवर्गको सुविधाका लागि हालसम्म सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट मात्र वितरण भइरहेको ई–सिम आज (२०७९ असोज ४ गते) देखि कम्पनीका ग्राहक सेवा केन्द्रहरु नक्शाल, चावहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी कार्यालयहरु लगायत ग्राहक सेवा केन्द्र पुलचोकबाट पनि माग बमोजिम वितरण गरिने भएको छ ।
मोबाइल सेटमा ई–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्ने छ । क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिने छ । त्यसैले सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा ई–सिम चल्ने÷नचल्ने यकिन गरेर मात्र ई–सिमका लागि कम्पनीका ग्राहक सेवा केन्द्रमा जानुहुन ग्राहकवर्गमा अनुरोध गरिएको छ । यसका लागि आफ्नो मोबाइलबाट *#06# डायल गर्नुपर्छ । यसरी डायल गर्दा EID लेखिएको संकेतसहित नम्बरहरु देखियो भने उक्त सेटमा ई–सिम चल्छ भनी थाहा पाउन सकिन्छ ।
त्यसैगरी आइफोन र एन्ड्रोइड सिस्टमयुक्त मोबाइल सेटको सेटिङमा भएका विभिन्न अप्सन हेरेर पनि ई–सिम चल्ने वा नचल्ने पत्ता लगाउन सकिन्छ । आइफोन वा एन्ड्रोइडको सेटिङमा Add Mobile Plan वा Add Data Plan देखियो भने पनि त्यसमा सामान्यतः ई–सिम चल्छ भन्ने कुरा थाहा हुन्छ ।
फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिम हालका लागि निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने छ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै ई–सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने छ ।
ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।

















अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणमा ८० जना भन्दा बढीको मृत्यु
बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार
बाँकेमा ३३ जना उम्मेदवारले खोले बैंक खाता
धादिङ बस दुर्घटना अपडेटः मृत्यु हुनेमा तीन तनहुँका
दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
काठमाडौं – मुग्लिन सडकखण्ड अन्तर्गत फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
प्रतिक्रिया