विदेशबाट फर्किएर स्वदेशमै उद्यम
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ३१ वर्षीय सागर क्षेत्री आठ वर्षअघि स्नातक अध्ययन गर्दै गर्दा स्वदेशमै रोजगारी खोज्नुभयो । स्वदेशमा उहाँले कुनै काम पाउनु भएन । उहाँसँग आफ्नै काम गर्न लगानी पनि थिएन ।
निराश बन्दै सागर कामको खोजीमा वैदेशिक रोजगारीमा युएई हानिनुभयो । विदेशमा तीन वर्ष काम गरेर फर्किएका सागरले अहिले भने स्वदेशमै बेत, बाँसबाट फर्निचर तथा अर्मिसोको कुचो जस्ता सामग्री विन्ध्यावासिनी नामक लद्यु उद्योग खोल्नुभएको छ । “युएइको पेट्रोलपम्पमा तीन वर्ष काम गरे, विदेशबाट फर्किएर अर्काको मुलुकमा काम गर्नुभन्दा स्वदेशमै उद्यम गर्ने सोच आयो”, उहाँले भन्नुभयो, “बुवा वन कार्यालयमा जागिरे हुनाले उहाँलाई यसबारेमा थाहा थियो, उहाँकै सल्लाहअनुसार बेत, बाँसको सामाग्री उत्पादन गर्ने उद्योग खोले ।” भीमदत्त नगरपालिका–१८ जानकी टोलमा वार्षिक एक लाख ५५ हजार भाडामा उहाँले तीन कट्ठा जमिन भाडामा लिएर उद्योग खोल्नुभएको छ ।
वैदेशिक रोजगारीको मोह छोडेर उहाँ अहिले स्वदेशमै आफ्नै उद्यममा जम्नुभएको छ । वैदेशिक रोजगारीका क्रममा कमाएको करिब रु २० लाख लगानीबाट सुरु गरेको उद्योग उहाँको कमाइको मुख्य स्रोत बनेको छ । “सुरुमा सानो एउटा कोठाबाट सुरु गरेको काम अहिले विस्तार भएको छ, सुरुमा आफ्नो रु २० लाख लगानी गरेका थियौँ”, उहाँ भन्नुहुन्छ, “अहिले बैंकबाट रु २६ लाख जति ऋण लिएका छौँ ।” सागरले आफूले स्वदेशमै मात्रै रोजगारी पाउनु भएको छैन, स्थानीय १० जनालाई पनि उद्योगमा रोजगारी दिनुभएको छ ।
बेत, बाँसको फर्निचर तथा झाडु बनाउने उद्यममा सक्रिय सागर स्वदेशमै काम गरेर विदेशको जस्तै मनग्य आम्दानी हुँदा खुसी हुनुहुन्छ । “फर्निचर बनाउने मिस्त्री तथा झाडु बनाउने गरेर १० जनाले उद्योगमा रोजगार पाएका छन्, वार्षिक रु ३० लाखसम्मको कारोवार हुन्छ”, उहाँले भन्नुभयो, “स्वदेशमै काम गरेर सात जनाको परिवार सुखका साथ पालिरहेको छुँ, विदेशमा परिश्रम बेच्नुभन्दा स्वदेशमै काम गर्नु राम्रो छ ।” बेत, बाँसका फर्निचर तथा झाडुको माग धेरै आउने गरेको उहाँ बताउनुहुन्छ ।
सुदूरपश्चिमका नौवटै जिल्लामा आफ्नो उद्योगको उत्पादन ढुवानी हुने गरेको उहाँको भनाइ छ । “बजारमा माग बढी छ, हामी सुदूरपश्चिमका नौ वटै जिल्लामा उत्पादन पठाउँछौँ”, उहाँ भन्नुहुन्छ, “बेत कैलालीबाट ल्याउने गरेका छौँ भने अर्मिसो डडेल्धुरा, पाल्ला तथा झापाबाट ल्याउँछौँ ।” कामको खोजीमा विदेशिनेलाई स्वदेशमै उद्यमगर्न सागरको सुझाव छ ।
“विदेशमा अर्काको काम गर्नुभन्दा स्वदेशमै आफ्नै उद्यम गर्नु उपयुक्त छ”, उहाँले भन्नुभयो, “त्यहाँ गर्ने मेहनत आफ्नै ठाउँमा गरेमा विदेशको जस्तै कमाइ यहीँ गर्न सक्छौँ ।” सरकारले तालिम, बजार व्यवस्थापन तथा स्वदेशमै उद्यम गर्ने युवालाई सहुलियत ब्याजमा ऋण उपलब्ध गराए लगानी नहुँदा आफ्नै उद्यम गर्न नसकेर विदेशिनुपर्ने अवस्थाको अन्त्य हुने उहाँ बताउनुहुन्छ ।
“लगानी नहुँदा बैंकबाट ऋण लिनुपर्छ, त्यसमा ब्याजदर चर्को हुनाले समस्या हुने गरेको छ”, उहाँले भन्नुभयो, “कम ब्याजमा ऋण पाइएमा युवा लगानी गरेर स्वदेशमै रोजगारीसँग जोडिन सक्थे ।”

















Dhading bus accident: Manandhar trapped in bus carcass rescued alive after five hours
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
सेयर बजारमा सामान्य सुधार
धनुषामा सवारी दुर्घटनामा परी ट्राफिक प्रहरीको मृत्यु
काठमाडौं–५ का उम्मेदवार कांग्रेस महामन्त्री पौडेलको प्रतिज्ञापत्र सार्वजनिक
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
काठमाडौं – मुग्लिन सडकखण्ड अन्तर्गत फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
प्रतिक्रिया