खैरो हेरोइनसहित ६ जना पक्राउ
चितवन । लागुऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन् । १० ग्राम ५०० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ६ जनालाई पक्राउ गरिएको चितवन प्रहरीले जनानकारी दिएको छ ।
सोमबार राति जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलिले भरतपुर महानगरपालिका वडा नं. १५ सूर्यनगर च्यानडाँडाबाट सो परिमाणमा लागु पदार्थसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट स्टिलको थाल थान-२, अर्ध जलेको अवस्थामा ९ थान (रु ५ को रु १० को गरी ) जम्मा ६० रुपैया, लाईटर थान-४, चुरोट-१२ खिली साथै, टुक्रा पारेको अवस्थाको व्लेड ८ टुक्रा, सिक्का ३ वटा, प्लाष्टिकको स-साना टुक्रा काटि पुरिया बनाई प्याकिङ गरी राखेको अवस्थामा १५५ वटा पुरियामा लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५०० मिलिग्राम बरामद गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिई लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १५ बस्ने बर्ष २२ को सन्तोष परियार, सोही महानगर वडा नं. १९ बस्ने बर्ष २२ को यम बहादुर आले मगर, लम्जुङ घर भई हाल चितवन भरतपुर महानगरपालिका वडा नं. २० बस्ने बर्ष ३० को तुल बहादुर गुरुङ, भरतपुर महानगरपालिका वडा नं. १५ बस्ने बर्ष २३ को प्रशन्न गुरुङ, नवलपरासी देवचुली न.पा. वडा नं. १५ घर भई हाल भरतपुर महानगरपालिका वडा नं. १५ बस्ने बर्ष २३ को चेत बहादुर क्षेत्री, र भरतपुर महानगरपालिका वडा नं. २७ मेघौली बस्ने बर्ष ३६ को सुरेस महतो रहेको प्रहरीले जनाएको छ ।
















धादिङ दुर्घटनाका घाइतेको अवस्थाबारे गृहमन्त्रीले लिए जानकारी
सानिमा रिलायन्स लाइफको मिट द च्याम्पियन्स कार्यक्रम सम्पन्न, उत्कृष्ट सम्मानित
पर्सामा धार्मिक सद्भाव खलल पुर्याउनेलाई कानुनी दायरामा ल्याउने सहमति
UML in favour of peaceful politics, stability: Chair Oli
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
प्रतिक्रिया