शुक्रबार, फागुन ८, २०८२

दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस

मेरोन्यूज २०८२ फागुन ८ गते २१:०५

आज बिहान दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाएकाे आराेपमा नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौँमा मसाल जुलुस निकालेको छ।

Advertisement
nepal life insurencenepal life insurence

आरआर क्याम्पसबाट मसाल जुलुस निकालेर अनेरास्ववियुका विद्यार्थीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध नाराबाजी गरे।

मसाल जुलुसमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको पुत्लासमेत जलाइएको छ।

संगठनले घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग राखेको छ।

प्रतिक्रिया