डिभोर्सपछि सामन्थालाई गम्भीर रोग

दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री सामन्था रुथ प्रभुका फ्यान फलोइङ विश्वभर छन् । अभिनेता नागा चैतन्यसँग डिभोर्स भएपछि एक्लिएकी सामन्था एक गम्भीर रोगबाट पीडित छिन् । यही रोगको उनी विदेशमा उपचार गराइरहेकी छन् ।
उनलाई छालासँग सम्बन्धित् रोग छ । जसलाई पोलीमार्फस लाइट इरप्सन भनिन्छ । यो रोग सूर्यको किरण छालामा सिधा सम्पर्कमा आएपछि लाग्छ । यहीकारण सामन्था कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थित भएकी छैनन् ।
अभिनेत्रीले डाक्टरको सल्लाहमा कामबाट ब्रेक लिएकी छन् । उनका फ्यानहरुले अभिनेत्रीको स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
उनी केही समयअघि नयाँ फिल्म ‘खुशी’को सुटिङमा व्यस्त थिइन् । तर यो रोगका कारण उनले सुटिङ बिचमा नै रोक्नु परेको थियो । उनी उपचारका लागि विदेश जानुपरेपछि निर्माता तथा निर्देशकले केही समयका लागि फिल्मको काम रोकेका हुन् । फिल्ममा सामन्थाका साथ विजय देवरकोण्डाको पनि अभिनय छ ।
















बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया